पुराना गाडीसँग टियागो ईभी र पन्च ईभी साट्न सकिने

काठमाडौँ - यस वर्षको क्रिसमसका अवसरमा नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले यही पौष १० देखि १२ सम्म ‘एक्समस एक्सचेन्ज’ कार्यक्रम आयोजना गरेको छ । टाटा ब्राण्डका गाडीहरु लिन खोज्ने ग्राहकहरूलाई उत्कृष्टभन्दा उत्कृष्ट रूपमा आफ्नो प्रतिबद्धता स्वरूप सिप्रदीले ‘एक्समस एक्सचेन्ज’ कार्यक्रम आयोजना गरेको हो ।

यस कार्यक्रममा टाटा ब्राण्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टियागो ईभी र पन्च ईभीलाई जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग साट्न सकिने छ ।

टाटा मोटर्सको देशभर रहेका शोरुमहरूमा जारी उक्त कार्यक्रममा गाडी खरिद गर्ने ग्राहकहरुले “आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, निःशुल्क इम्बोस्ड नम्बर प्लेट,  १ वर्षको सवारी कर, एक्सेसरिज र बम्पर लक्की ड्र मार्फत आइफोन १६ प्रो समेत प्राप्त गर्ने सकिने” सिप्रदीले जनाएको छ ।

सो अवसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध समेत गरेको छ ।

सम्बन्धित समाचारहरू

आइमा टाइगर एक्स६११ : ३ लाख मूल्यमै आकर्षक र शक्तिशाली इलेक्ट्रिक स्कुटर

आइमा टाइगर एक्स६११ : ३ लाख मूल्यमै आकर्षक र शक्तिशाली इलेक्ट्रिक स्कुटर

नेपाली बजारमा उपलब्ध आइमाका विभिन्न मोडलका इलेक्ट्रिक स्कुटर मध्ये आइमा...

१० अर्व डलरको ब्रान्ड भ्यालु सहित वीवाइडी वन्यो चीनको सर्बाधिक मूल्यवान अटो ब्रान्ड

१० अर्व डलरको ब्रान्ड भ्यालु सहित वीवाइडी वन्यो चीनको सर्बाधिक मूल्यवान अटो ब्रान्ड

वीवाइडी यो वर्षका लागि चीनको सवैभन्दा मूल्यवान अटो ब्रान्ड वनेको छ ।...

शोध तथा विकास मार्फत अटो क्षेत्रमा ‘क्रान्ति’ गर्दै चांगान

शोध तथा विकास मार्फत अटो क्षेत्रमा ‘क्रान्ति’ गर्दै चांगान

अटोमोबाइल उद्योगमा निरन्तर आविष्कार र शोध तथा विकास (रिसर्च एन्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...