वेलायतमा खुल्ने भयो टाटाको पहिलो ईभी ब्याट्री प्लान्ट

टाटा ग्रुपले आफ्नो पहिलो ईभी ब्याट्री प्लान्ट वेलायतमा खोल्ने भएको छ । टाटा गाडी र ज्याकुअर ल्यान्ड रोभर जस्ता लक्जरी कार उत्पादन गर्दै आएको यो ग्रुपले वेलायतमा व्याट्री प्लान्ट खोल्न ४ अर्व पाउन्ड खर्च गर्ने जनाएको हो । ग्रुपले हाल भारतमा टाटा र वेलायतस्थित प्लान्टबाट ज्याकुअर र ल्यान्ड रोभरका लक्जरी कार उत्पादन गरी बिक्री गर्दै आएको छ ।

टाटाको सो प्लान्टले वार्षिक ४० जीगावाट आवर क्षमताको इभी व्याट्री उत्पादन गर्न सक्ने जनाइएको छ । सो प्लान्टबाट उत्पादन हुने व्याट्रीले वेलायतको अन्तरिक खपतमा ४० प्रतिशत योगदान दिने कम्पनीको भनाई छ । सन् २०३० सम्म बेलायतमा वार्षिक १०० जीगावट आवर व्याट्री आवश्यक पर्ने र सो मागलाई पुरा गर्न निशानले पनि ३८ जीगावट आवरको अर्को नयाँ प्लान्ट लगाउने तयारी गरिरहेको छ ।

वेलायतस्थित टाटाको प्लान्टबाट उत्पादन हुने व्याट्री युरोपेली बजारलाई लक्षित गरिएका कारण भारतमा उत्पादन हुने टाटा गाडीमा भने सोको प्रयोग तत्कालै नहुने देखिएको छ ।

सम्बन्धित समाचारहरू

टाटा नेक्सन एएमटी अव ५ नयाँ भेरिएन्टमा

टाटा नेक्सन एएमटी अव ५ नयाँ भेरिएन्टमा

टाटा मोटर्सले नेक्सन एएमटीको दायरलाई थप फराकिलो बनाएको छ । यसअघि टप...

दशै तिहारमा किङलङ ईभी भ्यान किन्दा बम्पर अफरमा हिरो एक्सट्रिम १६०आर मोटरसाइकल उपहार

दशै तिहारमा किङलङ ईभी भ्यान किन्दा बम्पर अफरमा हिरो एक्सट्रिम १६०आर मोटरसाइकल उपहार

काठमाडौं – नेपालका लागि किङलङ ईभीको आधिकारिक वितरक सीजी मोटर्सले यस...

टाटा मोटर्सले ल्यायो  ‘वडा पर्वको वडा अफर’

टाटा मोटर्सले ल्यायो ‘वडा पर्वको वडा अफर’

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...