ज्यागुअर ल्यान्ड रोभरको प्लेटफर्ममा बन्ने भयो टाटा अभिन्या ईभी

टाटाले निकट भविष्यमा ल्याउने तयारी गरेको इलेक्ट्रिक कार अभिन्यालाई ज्यागुअर ल्यान्ड रोभरको इलेक्ट्रिक प्लेटफर्मममा निर्माण गर्ने भएको छ । बेलायती प्रिमियम अटो ब्रान्ड ज्यागुअरले विकास गरिरहेको इलेक्ट्रिक मडुलर आर्किटेक्चरमा अभिन्या कन्सेप्टलाई निर्माण गर्ने सम्वन्धी यी दुई कम्पनीबिच एक सम्झौता भएको हो ।

सम्झौता अनुसार अभिन्या कन्सेप्ट अन्तर्गतका इलेक्ट्रिक क्रसओभरलाई टाटाले ज्यागुअरको सो नयाँ प्लेटफर्मममा निर्माण गर्नेछ । ज्यागुअरको आर्किटेक्चर, इलेक्ट्रिक ड्राइभ युनिट र ब्याट्री प्याक प्रयोग गरेबापत टाटाले उसलाई रोयल्टि तिर्ने उल्लेख गरिएको छ । सो प्लेटफर्मममा अभिन्याको प्योर इलेक्ट्रिक कार मात्र निर्माण गरिनेछ ।

ज्यागुअरले सन् २०२५ देखी इलेक्ट्रिक क्रसओभर ल्याउनेगरी अहिले नयाँ प्लेटफर्मको विकास गरिरहेको छ । सो नयाँ प्लेटफर्ममले लेबल टु अटोनोमस ड्राइभिङ र ओभर दि एयर सफ्टवेयर सपोर्ट गर्नुको साथै अत्याधुनिक र प्रविधीमैत्री हुने ज्यागुअरले जनाएको छ । सो प्लेटफर्ममा बन्ने कारले यूरो एनक्यापमा सजिलै ५ स्टार रेटिङ पाउने अनुमान गरिएको छ ।

टाटा मोटर्सले हाल नेक्सन, टिगोर र टियागो इभीलाई आफ्नो पुरानो कम्वसन प्लेटफर्ममा निर्माण गरिरहेको छ । प्योर इलेक्ट्रिक प्लेटफर्मलाई सन् २०२५ भित्र प्रयोगमा ल्याइसक्ने बताएको टाटाले सम्भवत आफ्नो पहिलो ईभी अभिन्यामार्फत लन्च गर्नसक्ने आँकलन गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

नयाँ टाटा पन्च फेसलिफ्ट २०२६ को सुरुवातमा लन्च गर्ने तयारी

नयाँ टाटा पन्च फेसलिफ्ट २०२६ को सुरुवातमा लन्च गर्ने तयारी

टाटाले आफ्नो नयाँ पन्च फेसलिफ्ट २०२६ को सुरुवातमा लन्च गर्ने अपेक्षा...

टाटाको १३.७ प्रतिशत बजार हिस्सेदारीसहित एक दशकमा सबैभन्दा धेरै पीभी बिक्रीको रेकर्ड कायम

टाटाको १३.७ प्रतिशत बजार हिस्सेदारीसहित एक दशकमा सबैभन्दा धेरै पीभी बिक्रीको रेकर्ड कायम

टाटा मोटर्सले ग्राहकको मन जित्दै एकपछि अर्को रेकर्ड कायम गरिरहेको छ, जो...

वाडा अटो शो २०२५ : पोखरामा टाटाका नयाँ ईभी सार्वजनिक

वाडा अटो शो २०२५ : पोखरामा टाटाका नयाँ ईभी सार्वजनिक

पाेखरा – चैत १७ सम्म पाेखरामा चल्ने वाडा अटो शो २०२५ को अवसरमा टाटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...