बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
टाटा मोटर्सले भारतीय बजारमा टिगोर र नेक्सनको फुल्ली इलेक्ट्रिक भर्सन प्रस्तुत गरिसकेको छ । सन् २०२० को सुरुवातमा नेक्सनको इलेक्ट्रिक भर्सनको लागि राम्रो प्रतिक्रिया मिलेको थियो । साथै सो कार २०२०–२०२१ को पहिलो महिना सबैभन्दा बढी बिक्री भएको कार पनि थियो ।
टाटा हाल भारतमा अल्ट्रोजको टर्बाे पेट्रोल भर्सन लन्च गर्ने तयारीमा रहेको छ । साथै अल्ट्रोजको इलेक्ट्रिक भर्सन पनि यही वर्ष लन्च हुनेछ । नयाँ इलेक्ट्रिक अल्ट्रोजको विशेषता यस्तो हुनेछ ।
डिजाइन
कम्पनीको सो कार इम्प्याक्ट २.० स्टाइलिङ ल्याग्वेजमा डिजाइन गरिएको छ । अल्ट्रोज विशेषगरी हेड टर्नर हो र कारको स्टाइलको सन्दर्भमा प्रिमियम ह्याचब्याक सेगमेन्टमा नयाँ स्ट्यान्डर्ड स्थापित गरिसकेको छ । इलेक्ट्रिक अल्ट्रोज कार हाल उपलब्ध अल्ट्रोज जस्तो लुकमा देख्न सकिन्छ । कारको चारै तिर भित्र र बाहिर ब्लु एक्सेन्टको साथै अलोय ह्विलको लागि नयाँ डिजाइन देख्न सकिन्छ ।
फिचर र सेफ्टी
अल्ट्रोज ईभीमा रेगुलर अल्ट्रोजमा जस्तै फिचर समावेश गरिएको छ । यसको साथै ईभीमा नयाँ इक्विपमेन्ट समावेश गर्ने अनुमान गरिएको छ । सो ईभीमा सम्भवतः एप्पल कारप्ले र एन्ड्रोइड अटोको साथै फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, इलेक्ट्रिकल्ली एडजस्टेबल र फोन्डेबल विङ मिरर, सेमी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी डीआरएलको साथ प्रोजेक्टर हेडल्याम्प, एम्बियन्ट लाइटिङ, क्रुज कन्ट्रोल, रियर एसी भेन्ट्स, ड्राइभ मोड, आइडल स्टप/स्टार्ट, रेन सेन्सिङ वाइपर्स, वियरेबल समेत अन्य आधुनिक फिचर समावेश गरिएको छ ।
सेफ्टीको लागि अल्ट्रोज ईभीमा ड्युअल फ्रन्टल एयरब्याग, ईबीडीको साथमा एबीएस, कर्नर स्टेबिलिटी कन्ट्रोल, फ्रन्ट सिट बेल्ट रिमाइन्डर, रिभर्स पार्किङ क्यामेरा, हाई स्पिड अलर्ट सिस्टम, रियर पार्किङ सेन्सर आदि समावेश गरिएको छ ।
व्याट्री प्याक र रेन्ज
टाटा मोटर्सको अल्ट्रोज ईभीमा फास्ट चार्जिङ क्षमताको साथमा आईपी६७ रेटेड डस्ट र वाटरप्रुफ व्याट्री समावेश गरिएको छ । सो कारमा ३०.२ केडब्ल्युएचको व्याट्री समावेश गरिएको छ जसले १२९ पीएसको पावर र २४५ एनएमको टर्क जेनेरेट गर्छ । सो व्याट्रीले सिंगल चार्जमा ३१२ किलोमिटरको रेन्ज प्रदान गर्छ ।
मूल्य
सो कारको मूल्य हाल ५ लाख ४३ हजार भारु रहेको छ । यसको टप इन्ड ट्रिमको मूल्य ८ लाख ९५ हजार भारु रहेको छ । नयाँ अल्ट्रोज टर्बाेको मूल्य ७ लाख ९९ हजार देखि ८ लाख ७५ हजार भारु हुने अनुमान गरिएको छ । सो कारको इलेक्ट्रिक भर्सनको मूल्य लगभग १० लाख भारु हुने सम्भावना रहेको छ ।
प्रतिस्पर्धा
लन्चिङ पछि टाटा अल्ट्रोज ईभी भारतीय बजारमा पहिलो फुल्ली इलेक्ट्रिक प्रिमियम ह्याचब्याक कार हुनेछ । त्यसैले सो कारको कुनै प्रतिस्पर्धा हुने छैन । यद्यपि सो कारको महिन्द्रा ईकेयूभी१०० र मारुती सुजुकी वागनआर ईभीसँग प्रतिस्पर्धा हुने सम्भावना रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...