टाटा मोटर्सले अप्रिल २९ मा अल्ट्रोज ईभी सार्वजनिक गर्ने

टाटा मोटर्सको नेक्सन ईभी र टिगोर ईभीको इलेक्ट्रिक कार सेगमेन्टमा दबदबा कायमै छ । नेक्सन ईभीको लोकप्रियतालाई ध्यानमा राख्दै कम्पनीले केही महिनामा नेक्सन ईभीको लङ रेन्ज भेरिएन्ट लन्च गर्ने योजना बनाएको छ । यसमा ठूलो ब्याट्री प्याक हुनेछ, जसले एक पटक चार्ज गर्दा करिब ४०० किलोमिटरको रेन्ज दिन्छ ।

हालैका महिनामा टाटाको नयाँ कार परीक्षणको क्रममा कैयौं पटक देखा परेको छ । टाटा मोटर्सले २९ अप्रिल २०२२ मा मिडियालाई निमन्त्रणा पठाएको छ । त्यसबेला कम्पनीको नयाँ ईभी सार्वजनिक गरिनेछ । रिपोर्टका अनुसार कम्पनीले अल्ट्रोज ईभी सार्वजनिक गर्ने अनुमान गरिएको छ । यद्यपि, केही मिडिया रिपोर्टहरूले अप्रिल २९ मा टाटाको लङ रेन्ज नेक्सन ईभी लन्च गर्ने सम्भावना समेत भएको बताएका छन् ।

नयाँ ईभीमा नयाँ ४० केडब्ल्युएच ब्याट्री प्याक दिइनेछ, जसले लगभग ४०० किलोमिटरको रेन्ज प्रदान गर्न सक्षम हुनेछ । पुरानो मोडलले ३१२ किलोमिटर रेन्ज प्रदान गर्छ ।

टाटा अल्ट्रोज ईभीलाई कम्पनीले पहिलो पटक २०२० अटो एक्सपोमा प्रदर्शन गरेको थियो । सो कार एक पटक चार्जमा २५० देखि ३०० किलोमिटरको रेन्ज रहेको छ । अल्ट्रोज ईभीलाई नेक्सन ईभी भन्दा तल राखिनेछ र सिंगल चार्जमा ३०० किलोमिटर भन्दा बढीको ड्राइभिङ रेन्ज दिने अपेक्षा गरिएको छ ।

टाटा मोटर्सले भारतका लागि ३ वटा ईभी प्लेटफर्महरूमा काम गरिरहेको छ, जसमा कन्भर्टेड आईसी इन्जिन प्लेटफर्म, बीस्पोक ईभी प्लेटफर्म र स्केटबोर्ड समावेश छन् ।

सम्बन्धित समाचारहरू

हरेक वर्ष विद्युतीय गाडीको कर हेरफेर, यो आर्थिक वर्षको बजेटले स्थिर नीति देला ?

हरेक वर्ष विद्युतीय गाडीको कर हेरफेर, यो आर्थिक वर्षको बजेटले स्थिर नीति देला ?

सरकारले हरेक पटक विद्युतीय सवारीको कर हेरफेर गरिरहेको छ। प्रत्येक वर्ष...

आज विश्व ईभी दिवस, ईभीको प्रयोग र लोकप्रियता वढ्दै

आज विश्व ईभी दिवस, ईभीको प्रयोग र लोकप्रियता वढ्दै

आज अर्थात सेप्टेम्वर ९ लाई विश्व ईभी दिवसका रुपमा मनाइदै छ । सन् २०२० मा...

बिना ब्याट्री २ हजार किमी रेन्ज दिने इलेक्ट्रिक कार

बिना ब्याट्री २ हजार किमी रेन्ज दिने इलेक्ट्रिक कार

क्वान्टिनो इलेक्ट्रिक कारमा ब्याट्री छैन जसको कारण यसको निकै चर्चा हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...