टाटा मोटर्सले अप्रिल २९ मा अल्ट्रोज ईभी सार्वजनिक गर्ने

टाटा मोटर्सको नेक्सन ईभी र टिगोर ईभीको इलेक्ट्रिक कार सेगमेन्टमा दबदबा कायमै छ । नेक्सन ईभीको लोकप्रियतालाई ध्यानमा राख्दै कम्पनीले केही महिनामा नेक्सन ईभीको लङ रेन्ज भेरिएन्ट लन्च गर्ने योजना बनाएको छ । यसमा ठूलो ब्याट्री प्याक हुनेछ, जसले एक पटक चार्ज गर्दा करिब ४०० किलोमिटरको रेन्ज दिन्छ ।

हालैका महिनामा टाटाको नयाँ कार परीक्षणको क्रममा कैयौं पटक देखा परेको छ । टाटा मोटर्सले २९ अप्रिल २०२२ मा मिडियालाई निमन्त्रणा पठाएको छ । त्यसबेला कम्पनीको नयाँ ईभी सार्वजनिक गरिनेछ । रिपोर्टका अनुसार कम्पनीले अल्ट्रोज ईभी सार्वजनिक गर्ने अनुमान गरिएको छ । यद्यपि, केही मिडिया रिपोर्टहरूले अप्रिल २९ मा टाटाको लङ रेन्ज नेक्सन ईभी लन्च गर्ने सम्भावना समेत भएको बताएका छन् ।

नयाँ ईभीमा नयाँ ४० केडब्ल्युएच ब्याट्री प्याक दिइनेछ, जसले लगभग ४०० किलोमिटरको रेन्ज प्रदान गर्न सक्षम हुनेछ । पुरानो मोडलले ३१२ किलोमिटर रेन्ज प्रदान गर्छ ।

टाटा अल्ट्रोज ईभीलाई कम्पनीले पहिलो पटक २०२० अटो एक्सपोमा प्रदर्शन गरेको थियो । सो कार एक पटक चार्जमा २५० देखि ३०० किलोमिटरको रेन्ज रहेको छ । अल्ट्रोज ईभीलाई नेक्सन ईभी भन्दा तल राखिनेछ र सिंगल चार्जमा ३०० किलोमिटर भन्दा बढीको ड्राइभिङ रेन्ज दिने अपेक्षा गरिएको छ ।

टाटा मोटर्सले भारतका लागि ३ वटा ईभी प्लेटफर्महरूमा काम गरिरहेको छ, जसमा कन्भर्टेड आईसी इन्जिन प्लेटफर्म, बीस्पोक ईभी प्लेटफर्म र स्केटबोर्ड समावेश छन् ।

सम्बन्धित समाचारहरू

लङ रेन्ज एमजी जेडएस ईभीको खुल्यो फेरि बुकिङ : पहिले भन्दा मूल्य कति फरक ?

लङ रेन्ज एमजी जेडएस ईभीको खुल्यो फेरि बुकिङ : पहिले भन्दा मूल्य कति फरक ?

काठमाडौं – नेपाली बजारमा फेरि एमजी जेडएस ईभीको लङ रेन्ज भर्सन पाउन सकिने...

आयोनिक ५ को पहिलो लट भयो पुरै बुक, नयाँ ग्राहकले कम्तीमा ३ महिना कुर्नुपर्ने

आयोनिक ५ को पहिलो लट भयो पुरै बुक, नयाँ ग्राहकले कम्तीमा ३ महिना कुर्नुपर्ने

हुन्डाईले नेपाल ल्याएको नयाँ इलेक्ट्रिक कार आयोनिक ५ को पहिलो लट पुरै बुक...

एक्सचेन्जमा जोड दिदै ईभी बिक्रेता, धमाधम पुराना गाडीसँग नयाँ इलेक्ट्रिक गाडी साटिदै

एक्सचेन्जमा जोड दिदै ईभी बिक्रेता, धमाधम पुराना गाडीसँग नयाँ इलेक्ट्रिक गाडी साटिदै

नयाँ इलेक्ट्रिक गाडी नेपाली बजारमा धमाधम भित्रिरहेका छन् । यसबाट नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...