घटस्थापनाको अवसरमा टाटा मोटर्सद्वारा अल्ट्रोज बीएस६ एक्सएम प्लस नेपालमा सार्वजनिक

काठमाडौ – टाटा मोटर्सले आफ्नो प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज बीएस६ को एक्सएम प्लस भेरिएन्ट जेपालमा लन्च गरेको छ । नेपाली मूल्य ३५ लाख ९६ हजार पर्ने एक्सएम प्लस भेरिएन्टमा एप्पल कार प्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी तथा १७.७८ सेमी टचस्क्रिन इन्फोटेन्मेन्टले ड्राइभिङको बेला ढुक्क र एडभान्स अनुभूति दिन्छन् ।

स्टेयरिङ माउन्टेड कन्ट्रोल, भ्वाइस कमान्ड रिकग्निसन, स्टाइलाइज्ड ह्वील कभर र आर–१६ ह्वील र रिमोट फोल्डेबल चाबी आदि यसमा भएका थप विशेषता हुन् । यी सबै सुविधाले ग्राहकलाई ड्राइभिङमा थप आनन्द दिन्छन् । कुनै पनि गाडीको क्वालिटीमा मात्रै होइन, लुक्समा ग्राहकको पूरापूर ध्यान गइरहेको हुन्छ । गाडीको लुक्सलाई स्ट्रक्चरले मात्रै होइन, रङले पनि फरक पार्छ । अल्ट्रोजको एक्सएम प्लस भेरिएन्ट हाई स्ट्रिट गोल्ड, डाउनटाउन रेड, एभेन्यु ह्वाइट र मिडटाउन ग्रे गरी चार रङमा उपलब्ध हुनेछ । यस्तो विकल्पले ‘चुजी’ ग्राहकसमेत आकर्षित गर्ने कम्पनीको भनाइ छ ।

पेट्रोल पावरट्रेनमा उपलब्ध यो भेरिएन्टमा ग्राहकले साधारणतया प्रिमियम भेरिएन्टमा मात्रै उपलब्ध हुने सुविधासमेत अल्ट्रोजको एक्सएम प्लसमा पाउनेछन् ।

सेप्टेम्बर २०२० मा लन्च गरिएको अल्ट्रोजले नेपालको प्रिमियम ह्याचब्याक बजारमा राम्रोस“ग सबैको ध्यान खिचेको छ । त्यसपछि यस गाडीको स्टालिइस डिजाइन र सुगमतालाई सराहना गरिएको छ । र, सुरक्षाको श्रेणीमा यो सर्वश्रेष्ठ रहेकाले गाडी पारखीहरूद्वारा काफी प्रशंसा गरिएको कम्पनीले बताएको छ । अल्ट्रोजले नेसनल लन्चको बेलामै प्राप्त गरेको पाचतारे ग्लोबल एनसीएपी एडल्ट रेटिङ यसको सुरक्षाको बलियो प्रमाण बन्न पुगेको छ ।

अल्ट्रोज स्पोर्ट्स टाटा मोटर्सको इम्प्याक्ट डिजाइन २.० मा आधारित छ । र, यो अल्फा आर्किटेक्चरमा विकास गरिएको कम्पनीको पहिलो सवारी साधन पनि होे ।

आज सार्वजनिक गरिएको अल्ट्रोजको यो भेरिएन्ट घटस्थापनाकै दिन बुकिङ गर्नेका लागि १ लाख रुपैया छुटमा उपलब्ध गराइने बताइएको छ ।

सम्बन्धित समाचारहरू

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

आर्थिक मन्दीका कारण अहिले बजारमा समग्र उपभोग्य सामग्रीको खपतमा कमी...

टाटाले जीपजस्तै अफरोड एसयूभी ल्याउने, थार र जिम्नीलाई चुनौती

टाटाले जीपजस्तै अफरोड एसयूभी ल्याउने, थार र जिम्नीलाई चुनौती

टाटा मोटर्सले हालै नेक्सन, हेरियर ईभी, पन्च ईभी र कर्भ कुप जस्ता इलेक्ट्रिक...

टाटाले पनि बढायो नेक्सन एसयुभीको मूल्य, १५ हजार भारुसम्म बृद्धि

टाटाले पनि बढायो नेक्सन एसयुभीको मूल्य, १५ हजार भारुसम्म बृद्धि

टाटा मोटर्सले भारतमा आफ्नो लोकप्रिय एसयुभी नेक्सनमा मूल्य बृद्धि गरेको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...