६ महिनामा नेपाल भित्रिए ५,१०७ विद्युतीय कार
काठमाडौं – चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्त सम्म नेपालमा ५ हजार...
काठमाडौं– टाटाको पहिलो कमर्सियल ईभी ‘एस’ नेपाली बजारमा भित्रिएको छ । सो मिनी ईभी ट्रकलाई आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले हालासलै लन्च गरेको हो ।
एसको आगमनसंगै नेपालमा टाटाको कमर्सियल ईभी यात्रा सुरु भएको छ । कम्पनीले हाल प्यासेन्जर सेग्मेन्टमा टाटा नेक्सन, टिगोर, एक्सप्रेस टी र टियागो ईभी बिक्री गर्दै आएको छ ।
सिप्रदीले नेपाल ल्याएको एस इभीमा २१.३ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री जडान गरिएको छ । सो ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा १५४ किलोमिटर रेन्ज पाउन सकिने दावी कम्पनीले गरेको छ । फास्ट चार्जरको साहयतामा यसको ब्याट्रीलाई १ घन्टा ४५ मिटेनमा फुल चार्ज गर्न सकिन्छ ।
टाटाले यो ईभी ट्रकमा २७ किलोवाट क्षमताको मोटर दिएको छ । जसले १३० एनएम टर्क जेनेरेट गर्ने सामाथ्र्य राख्छ । साथै यसको टप स्पिड ६० किलोमिटर प्रतिघन्टा र ग्राउन्ड क्लिरियन्स १६० एमएम रहेको छ । यसको पेलोड क्षमता भने जम्मा ६०० किलोग्राम मात्र छ ।
एस ईभीमा ७ इन्चको इन्फोटेन्मेन्ट सिस्टम र नयाँ इन्स्ट्रयुमेनट क्लस्टर उपलब्ध गराइएको छ । साथै टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर भ्यू क्यामरा, ब्याट्रीको सुरक्षका लागी वाटर प्रुफ आईपी–७६ प्रोटेक्सन सिस्टम र १७ इन्चको ह्विल लगायत फिचरहरु यसमा पाउन सकिन्छ ।
कम्पनीले यसको ब्याट्रीमा ६ वर्ष अर्थात १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टि दिने जनाएको छ । सीप्रदीले यसको मूल्य २९ लाख ५० हजार निर्धारण गरेपनि फेस्टिभल सिजनका लागि २ लाख ५० हजार नगद छुट दिने घोषणा गरेको छ । छुट पछि यसको मूल्य २७ लाख रुपैयाँ पर्छ ।
काठमाडौं – चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्त सम्म नेपालमा ५ हजार...
काठमाडौं – विगत ५ बर्षदेखि नेपाली बजारमा लुयान ब्रान्डका इलेक्ट्रिक...
सिजी मोटर्सले नेपाल ल्याएएको बिद्युतिय कार जिएसी एवोन वाई अव १० प्रतिशत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...