४ लाख ९५ हजारको स्क्र्याम्बलर अब ४ लाख ५५ हजारमा उपलब्ध
कठमाडौं – मोटरहेड ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता एसएलआर टेक्नो...
नेपाली बजारमा हालै उपलब्ध टारो ब्रान्डका विभिन्न मोडलका बाइक मध्ये जीपी २ २०० एक हो । हेर्दा निकै आकर्षक देखिने यो स्पोर्ट्स बाइकलाई एसजी ग्रुप अन्तर्गतको ओम मोटोकर्पले नेपाली बजारमा उपलब्ध गराएको हो ।
चीनमा उत्पादन हुने इटालियन ब्रान्ड टारो विश्वका विभिन्न देशमा बिक्री हुने प्रतिष्ठित ब्रान्ड हो । नेपाली बजारमा अर्को प्रतिस्पर्धीको रुपमा अब यो ब्रान्ड र यसका विभिन्न मोडल थपिएका छन् ।
जीपी २ २०० मा १९८ सीसीको ओएचसी, लिक्विडकुल्ड सिंगल सिलिन्डर, फोर स्ट्रोक इन्जिन छ, जसले ८००० आरपीएममा १२.५ किलोवाट पावर र ६००० आरपीएममा १७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड मल्टिप्लेट वेट क्लच ट्रान्समिसन रहेको छ ।
यसको अघिल्लो भागमा पोजिटिभ सक एब्जर्बर र पछिल्लो भागमा सिंगल ग्यास एब्जर्बर सस्पेन्सन छ । यसको अघिल्लो भागमा ड्युअल र पछिल्लो भागमा सिंगल डिस्क ब्रेक छ ।
१३० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो बाइकको सिट हाइट ७६० एमएम छ भने कर्ब वेट १५५ केजी छ । १० लिटरको इन्धन ट्यांकी रहेको यो बाइकको ह्विलबेस १, ३१३ एमएम छ ।
यो बाइकको मूल्य ५ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
कठमाडौं – मोटरहेड ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता एसएलआर टेक्नो...
काठमाडौं – एसजी ग्रुप अन्तर्गत नेपालमा बिक्री–वितरण भइरहेका मोटरहेड र...
काठमाडौं – नेपालका लागि मोटरहेड ब्रान्डको आधिकारिक वितरक एसएलआर टेक्नो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...