टलब्वाई ह्याचब्याक डिजाइनमा आउदै किया सोल

भारतमा किया मोटर्सले सोल नाममा नयाँ नाम दर्ता गरेको छ । किया सोल अन्तर्राष्ट्रिय बजारमा निकै नै लोकप्रिय छ । पेट्रोल इन्जिनका साथमा यो इलेक्ट्रिक भर्सनमा पनि उपलब्ध छ ।

भारतमा दर्ता भएसँगै किया सोल अब भारतीय बजारमा समेत आउने अनुमान गर्न थालिएको छ । भारतमा आए पछि नेपालमा समेत आउने सम्भावना बढ्छ । गत वर्ष सम्पन्न अटो एक्सपो २०२० मा किया सोल ईभी प्रदर्शित थियो । त्यसपछि नै सो ईभी भारतीय बजारमा आउने अनुमान गरिएको थियो ।

यद्यपि कम्पनीले यसको वारेमा आधिकारिक जानकारी केही दिएको छैन । हाल भारतीय बजारमा किया सेल्टोस, सोनेट र कार्निभल बिक्री भइरहेको छ । नेपाली बजारमा समेत किया सेल्टोस र सोनेट उपलब्ध छ ।

कम्पनीले सन् २०२१ मा एक नयाँ मोडल समेत लन्च गर्ने योजना बनाएको छ ।

किया सोल २.० लिटर नेचुरल्ली एस्पायर्ड र १.६ लिटर टर्बो पेट्रोल इन्जिन अप्सनमा उपलब्ध छ । त्यसैगरी किया सोल ईभीले एक पटकको फुल चार्जमा ४५० किलोमिटर सम्मको दुरी पार गर्न सक्छ ।

सम्बन्धित समाचारहरू

१ बर्षमै १ लाख युनिट नाघ्यो किया सोनेटको बिक्री, सेग्मेन्टको १७ प्रतिशत हिस्सा ओगट्न सफल

१ बर्षमै १ लाख युनिट नाघ्यो किया सोनेटको बिक्री, सेग्मेन्टको १७ प्रतिशत हिस्सा ओगट्न सफल

भारतीय बजारमा किया सानेट लन्च भएको १ बर्ष पुरा भएको छ । अघिल्लो बर्षको यसै...

यस्तो छ नेपाल आउने तयारीमा रहेको किया क्यारेन्स ७ सिटर एमपिभी

यस्तो छ नेपाल आउने तयारीमा रहेको किया क्यारेन्स ७ सिटर एमपिभी

कियाको ७ सिटर एमपिभी क्यारेन्स अन्तत नेपाल आउने भएको छ । भारतमा १ वर्षअघि...

कियाले एक वर्षमा बेच्यो ३० लाख बढी कार, स्पोर्टेज पहिलो स्थानमा

कियाले एक वर्षमा बेच्यो ३० लाख बढी कार, स्पोर्टेज पहिलो स्थानमा

कोरियन अटो निर्माता कियाले नयाँ विश्वव्यापी बिक्री रेकर्ड हाँसिल गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...