आविष्कार केन्द्रलाई टेल्जी इलेक्ट्रिक स्कुटर, नेपाली भूगोल सुहाउदो बनाउन अनुसन्धान गरिने

काठमाडौं – टेल्जी नेपालले राष्ट्रिय आविष्कार केन्द्रलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेको छ । टेल्जी इलेक्ट्रिक स्कुटरको नेपालको लागि आधिकारिक बिक्रेता योम मा ई मोटर्सले स्थापनाको एक वर्ष पूरा भएको अवसरमा केन्द्रलाई इलेक्ट्रिक स्कुटर उपलब्ध गराएको हो ।

गत वर्ष लकडाउनका बीच नेपाली बजारमा आधिकारिक बिक्री सुरु गरेको कम्पनीले पहिलो वर्ष कोरोनाको महामारीबीच पनि लक्ष्य अनुरुप इलेक्ट्रिक स्कुटरको बिक्री गर्न सफल भएको बताएको छ ।

‘हामीले सुरुवाती चरणदेखि नै आविष्कार केन्द्रसँग कसरी सहकार्य गर्न सकिन्छ भनेर प्रयास गरिरहेका छौ, यसै क्रममा हामीले पहिलो वार्षिकोत्सवको अवसर पारेर टेल्जी लायन स्कुटर आविष्कार केन्द्रलाई प्रदान गरेका छौं ।’ टेल्जी नेपालका निर्देशक संजिव शिल्पकारले भने । ‘अब आविष्कार केन्द्रले टेल्जी स्कुटरलाई अझै नेपाली भुगोल सुहाउँदो कसरी बनाउन सकिन्छ भनेर थप अनुसन्धान गर्नेछ’, शिल्पकारले भने ।

टेल्जी नेपालले तीन मोडलका इलेक्ट्रिक स्कुटरको बिक्री गर्दै आएको छ । कम्पनीले टेल्जी लियोपार्ड, लायन र टाइगरको विक्री गर्दै आएको हो ।

टेल्जी लियोपार्ड

लियोपार्ड स्कुटरमा २.५ किलोवाट पावरको मोटरका साथै ३.२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । टेल्जी लियोपार्ड इलेक्ट्रिक स्कुटरले एक पटककोे फुलचार्जमा १३० किलोमिटरको रेन्ज प्रदान गर्छ । यस इलेक्ट्रिक स्कुटरको व्याट्री एक पटक फुल चार्ज गर्न ५ घन्टा लाग्छ ।

टेल्जी लियोपार्ड इलेक्ट्रिक स्कुटरको मूल्य २ लाख १० हजार रुपैयाँ निर्धारण गरिएको छ । टेल्जी लियोपार्ड खरिद गर्न चाहने ग्राहकले भने केही समय प्रतीक्षा गनुपर्ने कम्पनीले बताएको छ । हाल स्टक सकिएका कारण नयाँ स्टक आउनका लागि केही समय लाग्नेछ ।

टेल्जी लायन

टेल्जी लायनमा २.५ किलोवाट पावरको मोटर र १.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यी स्कुटरमा एक पटकको फुल चार्जमा ८५ किलोमिटर यात्रा गर्न सकिने कम्पनीको दावी छ । टेल्जी लायनको मूल्य १ लाख ८५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

टेल्जी टाइगर

टेल्जीका स्कुटरहरुमा की–लेस स्टार्ट, डिस्क ब्रेक, एलईडी डिस्प्ले, एलईडी लाइट, ट्युवलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जस्टेवल सस्पेन्सन, फास्ट चार्जिङ पोर्ट, ठुलो अन्डर सिट स्पेस लगायतका महत्वपुर्ण फिचरहरु समावेश रहेको छ ।

यी तीनै स्कुटरमा कम्पनीले नगद २० हजार रुपैयाँ छुट प्रदान गर्ने जनाएको छ । कम्पनीको पहिलो वार्षिकोत्सवको अवसरमा साउन महिना भरको लागि हरेक स्कुटरमा २० हजार नगद छुट दिने बताएको छ ।

त्यसैगरी ग्राहकले कुनै पनि ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग टेल्जीको नयाँ स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् । हरेक एक्सचेन्जमा बजार मूल्य भन्दा १५ हजार थप मूल्याङकन प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

सुन्दर यातायातले बनायो पेट्रोल र विद्युत दुबैबाट चल्ने स्कुटर, यस्तो छ फिचर

सुन्दर यातायातले बनायो पेट्रोल र विद्युत दुबैबाट चल्ने स्कुटर, यस्तो छ फिचर

काठमाडौं – नेपालका सडकमा विद्युतीय बस र अन्य यातायात सेवा उपलब्ध गराउदै...

दुई ठुला गाडी उत्पादक कम्पनी टेस्ला र फोर्ड बीच इलेक्ट्रिक कारको मूल्य घटाउन प्रतिस्पर्धा

दुई ठुला गाडी उत्पादक कम्पनी टेस्ला र फोर्ड बीच इलेक्ट्रिक कारको मूल्य घटाउन प्रतिस्पर्धा

अमेरिकामा दुई ठूला गाडी उत्पादक कम्पनी टेस्ला र फोर्ड बीच इलेक्ट्रिक...

विवाइडीको जापान यात्रा शुरु, अर्को वर्षदेखी करोवार गर्ने योजना

विवाइडीको जापान यात्रा शुरु, अर्को वर्षदेखी करोवार गर्ने योजना

चीनीयाँ अटो निर्माता विवाडीको जापान यात्रा शुरु भएको छ । उसले अर्को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...