टेल्जीमा प्रयोग गरिने ब्याट्रीका लागि बीवाईडी र टेल्जीले सहकार्य गर्ने

चाइनिज ईभी तथा ब्याट्री निर्माता कम्पनी बीवाईडीले चाइनिज टु ह्विलर जायन्ट टेल्जीका इलेक्ट्रिक मोटरसाइकल, ई–बाइक तथा स्कुटरका लागि ब्याट्री विकासमा सहकार्य गर्ने भएको छ । टेल्जीले सार्वजनिक गरेको जानकारी अनुसार बीवाईडीसँग यसरी सहकार्य गर्ने पहिलो दुई पांग्रे सवारी निर्माता कम्पनी टेल्जी बनेको छ ।

सोमबार टेल्जीले आफ्नो नयाँ उत्पादन लन्च गर्न आयोजित कार्यक्रममा सो नयाँ सहकार्यको समेत जानकारी प्रदान गरिएको हो । टेल्जीले एक प्रेस विज्ञप्ति समेत सार्वजनिक गर्दै टु ह्विलर ब्याट्री प्रविधिमा रहेका चुनौतीहरुलाई सामना गर्नका बीवाईडी ब्याट्रीको प्रयोग गर्ने तयारी अनुसार कार्य गर्ने बताएको छ । दुवै कम्पनी मिलेर ब्याट्रीको सुरक्षामा समेत सुधारात्मक कार्य गर्ने बताइएको छ ।

टेल्जी पनि बीवाईडी जस्तै चीनको सेन्झेनमा अवस्थित छ र चीनको सर्बाधिक ठुलो दुई पांग्रे सवारी निर्माता कम्पनी मध्ये एक हो । १ करोड ५० लाख युनिट उत्पादन क्षमता भएको टेल्जीले विश्वका ९० भन्दा बढी देश र क्षेत्रमा रहेका ३० हजार स्टोरमार्फत उत्पादन बिक्री गरिरहेको छ । कम्पनीले हालै भियतनाम र इन्डोनेसियामा आरएन्डडी सेन्टर खोलेको छ ।

नेपाली बजारमा समेत टेल्जीका विद्युतीय स्कुटर उपलब्ध छन् । नेपालमा योम मा ई मोटर्सले टेल्जीका विद्युतीय स्कुटर बिक्री–वितरण गरिरहेको छ ।

ईभी र ब्याट्री निर्माता कम्पनीको रुपमा परिचित बीवाईडी चाहिं सीएटीएल पछि दोस्रो ठुलो ब्याट्री निर्माता कम्पनीको रुपमा परिचित छ ।

नेपालमा साइमेक्स इंकले बीवाईडीका विद्युतीय गाडी बिक्री–वितरण गरिरहेको छ । विश्वमै लोकप्रिय मानिने बीवाईडीका गाडी नेपाली बजारमा समेत लोकप्रिय छन् ।

सम्बन्धित समाचारहरू

यस्तो छ टीभीएसले ल्याउन लागेको नयाँ इलेक्ट्रिक स्कुटर, अर्को हप्ता लन्च हुने

यस्तो छ टीभीएसले ल्याउन लागेको नयाँ इलेक्ट्रिक स्कुटर, अर्को हप्ता लन्च हुने

टीभीएसले २३ अगष्टमा नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने भएको छ । यूएईको...

बजेट प्रभाव : हुन्डाई आयोनिक ५ मा १ लाख बढ्यो, अन्य ब्रान्ड पर्ख र हेरको स्थितिमा

बजेट प्रभाव : हुन्डाई आयोनिक ५ मा १ लाख बढ्यो, अन्य ब्रान्ड पर्ख र हेरको स्थितिमा

काठमाडौं– बजेटले करको दर बृद्धि गरेपछि ईभी आयतकर्ता अहिले गाडीको मूल्य...

हाइब्रिड कार सामान्य कार भन्दा किन महँगो हुन्छ ? ईभी भन्दा कसरी फरक छ ?

हाइब्रिड कार सामान्य कार भन्दा किन महँगो हुन्छ ? ईभी भन्दा कसरी फरक छ ?

हाइब्रिड कारमा पेट्रोल वा डिजेल इन्जिन हुनुका साथै केही हदसम्म इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...