टेल्जीमा प्रयोग गरिने ब्याट्रीका लागि बीवाईडी र टेल्जीले सहकार्य गर्ने

चाइनिज ईभी तथा ब्याट्री निर्माता कम्पनी बीवाईडीले चाइनिज टु ह्विलर जायन्ट टेल्जीका इलेक्ट्रिक मोटरसाइकल, ई–बाइक तथा स्कुटरका लागि ब्याट्री विकासमा सहकार्य गर्ने भएको छ । टेल्जीले सार्वजनिक गरेको जानकारी अनुसार बीवाईडीसँग यसरी सहकार्य गर्ने पहिलो दुई पांग्रे सवारी निर्माता कम्पनी टेल्जी बनेको छ ।

सोमबार टेल्जीले आफ्नो नयाँ उत्पादन लन्च गर्न आयोजित कार्यक्रममा सो नयाँ सहकार्यको समेत जानकारी प्रदान गरिएको हो । टेल्जीले एक प्रेस विज्ञप्ति समेत सार्वजनिक गर्दै टु ह्विलर ब्याट्री प्रविधिमा रहेका चुनौतीहरुलाई सामना गर्नका बीवाईडी ब्याट्रीको प्रयोग गर्ने तयारी अनुसार कार्य गर्ने बताएको छ । दुवै कम्पनी मिलेर ब्याट्रीको सुरक्षामा समेत सुधारात्मक कार्य गर्ने बताइएको छ ।

टेल्जी पनि बीवाईडी जस्तै चीनको सेन्झेनमा अवस्थित छ र चीनको सर्बाधिक ठुलो दुई पांग्रे सवारी निर्माता कम्पनी मध्ये एक हो । १ करोड ५० लाख युनिट उत्पादन क्षमता भएको टेल्जीले विश्वका ९० भन्दा बढी देश र क्षेत्रमा रहेका ३० हजार स्टोरमार्फत उत्पादन बिक्री गरिरहेको छ । कम्पनीले हालै भियतनाम र इन्डोनेसियामा आरएन्डडी सेन्टर खोलेको छ ।

नेपाली बजारमा समेत टेल्जीका विद्युतीय स्कुटर उपलब्ध छन् । नेपालमा योम मा ई मोटर्सले टेल्जीका विद्युतीय स्कुटर बिक्री–वितरण गरिरहेको छ ।

ईभी र ब्याट्री निर्माता कम्पनीको रुपमा परिचित बीवाईडी चाहिं सीएटीएल पछि दोस्रो ठुलो ब्याट्री निर्माता कम्पनीको रुपमा परिचित छ ।

नेपालमा साइमेक्स इंकले बीवाईडीका विद्युतीय गाडी बिक्री–वितरण गरिरहेको छ । विश्वमै लोकप्रिय मानिने बीवाईडीका गाडी नेपाली बजारमा समेत लोकप्रिय छन् ।

सम्बन्धित समाचारहरू

जब लुसिड एयर लक्जरी इलेक्ट्रिक कारबाट धुवाँ निस्कन थाल्यो ……

जब लुसिड एयर लक्जरी इलेक्ट्रिक कारबाट धुवाँ निस्कन थाल्यो ……

विश्वमै तीव्र गति र महंगो लक्जरी इलेक्ट्रिक कारको पहिचान कायम गरेको लुसिड...

बराल ग्रुपले ल्यायो वाडा अटो शो २०२५ को लागि आकर्षक अफरहरू

बराल ग्रुपले ल्यायो वाडा अटो शो २०२५ को लागि आकर्षक अफरहरू

पोखरा – पोखरामा बराल ग्रुपअन्तर्गत सञ्चालनमा रहेको एलिट मोटर्स प्रालि र...

जीडब्लुएमले अन्तर्राष्ट्रिय बजारमा एकै पटक बढायो ६२.५९ प्रतिशत बिक्री

जीडब्लुएमले अन्तर्राष्ट्रिय बजारमा एकै पटक बढायो ६२.५९ प्रतिशत बिक्री

ग्रेटवाल मोटर (जीडब्लुएम) ले जुन २०२४ को सेल्स डाटा सार्वजनिक गरेको छ । यस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...