भारत मोबिलिटी ग्लोबल एक्सपोमा टाटा मोटर्सका ईभीप्रतिको क्रेजले देखाएको संकेत

भारतमा जारी भारत मोबिलिटी ग्लोबल एक्सपोमा अन्य ब्रान्डका साथै टाटा मोटर्स समेत चर्चामा रहेको छ । टाटा मोटर्सले पहिलो पटक सो एक्सपोमार्फत दुई नयाँ ईभी सिएरा र ह्यारियर ईभी सार्वजनिक गरेको छ । त्यसैगरी अभिन्या ईभी कन्सेप्ट समेत सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएका दुई ईभी सिएरा र ह्यारियर ईभीमा धेरै आकर्षक फिचर सामेल गरिएका छन्, जसले इलेक्ट्रिक सवारीको दिशालाई नै नयाँ मोड दिने सम्भावना छ ।

सिएरा ईभीको प्रोडक्सन भर्सनमा तीन स्क्रिन सेटअप हुनेछ, जस मध्ये एक स्क्रिन प्यासेन्जरका लागि हुनेछ । यसका साथै यसको पेट्रोल भर्सनमा १.५ लिटर टर्बो युनिट र डिजेल भर्सनमा पनि यही इन्जिन हुनेछ । ईभी भर्सनमा अल ह्विल ड्राइभका लागि ट्विन मोटरको सुविधा उपलब्ध हुनेछ ।
सो एसयूभी ४.३ मिटर लामो हुनेछ, जुन सफारी र ह्यारियर भन्दा छोटो हुनेछ । यसको डिजाइन बक्सी लाइन्सका साथ धेरै नै सानदार र रेडिकल हुनेछ ।

सिएराको इन्टेरियरले कुनै लाउन्ज जस्तो अनुभव दिनेछ । यसको रियर सिटमा समेत आरामदायक स्पेस हुनेछ । यसमा १२.३ इन्चको टचस्क्रिन र फरक खालको नयाँ सेन्टर कन्सोल हुनेछ ।

ह्यारियर ईभीमा ड्युअल मोटर र अल ह्विल ड्राइभ कन्फिगरेसन उपलब्ध हुनेछ । यसमा अटो पार्क मोड जस्ता फिचरका साथ कुशल ड्राइभिङ अनुभव हुनेछ । यसमा ६० किलोवाट र ८० किलोवाटको ब्याट्री प्याक अप्सन हुनेछ । यो टाटा मोटर्सको फ्ल्यागसिप एसयूभी हुनेछ र यसलाई सबैभन्दा पहिले लन्च गरिने छ ।

त्यसैगरी टाटा मोटर्सले प्रदर्शन गरिरहेको अभिन्या एक्स कन्सेप्ट कार अर्को चर्चित कार बनेको छ । यो अहिले कन्सेप्ट मात्र हो र प्रोडक्सन भर्सन भने उपलब्ध छैन । यो टाटा मोटर्सको पोर्टफोलियोमा हुने सबैभन्दा महंगो कार हुनेछ । कम्पनीले यसलाई ज्यागुअर ल्यान्डरोभरको ईएमए प्लेटफर्ममा तयार गरिरहेको छ ।

टाटा मोटर्सले यो भन्दा पहिले बजारमा ल्याएका नेक्सन, टियागो, टिगोर, पन्च र कर्भ लगायतका ईभीले राम्रो चर्चा कमाइसकेका छन् । यो अवस्थामा भविष्यमा आउने नयाँ ईभी सिएरा र ह्यारियरका साथै अभिन्याको समेत चर्चा शुरु भएको छ । आधिकारिक रुपमा यी नयाँ ईभीको वारेमा धेरै जानकारी सार्वजनिक नभए पनि यसको वारेमा खोजी गर्ने र जानकारी लिने क्रम भने बढेको छ ।

अटो एक्सपो अर्थात भारत मोबिलिटी ग्लोबल एक्सपोमा टाटा मोटर्सका यी नयाँ ईभीलाई दर्शकहरुले टाढाबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको छ । नजिक गएर यसको वारेमा बुझ्ने र अनुभव गर्ने अवस्था भने छैन । यद्यपि यी ईभीको डिजाइन र स्टाइलको वारेमा दर्शकले अनुभव गर्न र बुझ्न सक्छन् ।

नेपाली ग्राहकहरुले पहिले देखि नै टाटाका नेक्सन, टियागो र पन्च लगायतका ईभी चढिरहेका छन् । अब नेपालमा टाटा कर्भ र नेक्सन फेसलिफ्ट लगायतका ईभी भित्रिने तयारीमा छन् । भविष्यमा सिएरा र ह्यारियर ईभी पनि अवश्य भित्रिने छन् । यद्यपि प्रतीक्षा भने गर्नु पर्नेछ । भारतमा बिक्री शुरु भए पछि मात्र नेपालमा पनि यी ईभी भित्रिने ट्रेन्ड छ ।

टाटा मोटर्स पछिल्लो समयमा अन्य मोडलका साथै ईभी उत्पादनमा समेत आक्रामक बनेको छ । बजारले समेत टाटाका उत्पादनलाई सकारात्मक प्रतिक्रिया जनाएको छ । पछिल्लो समयमा चिनियाँ ईभीको बजार बढिरहेको समयमा टाटाका नयाँ ईभीको वारेमा ग्राहकको प्रतिक्रिया कस्तो हुने हो, त्यो भने भविष्यले नै बताउने छ । तर जे भए पनि भारत मोबिलिटी गलोबल एक्सपो २०२५ मा देखिएको टाटाका ईभीप्रतिको क्रेजले भने सकारात्मक संकेत देखाएको छ ।

एकराज सुवेदी

सम्बन्धित समाचारहरू

विश्वभर लिथियमको आपूर्ति घट्यो, ब्याट्री र इलेक्ट्रिक सवारी साधनको मूल्य बढ्ने सम्भावना

विश्वभर लिथियमको आपूर्ति घट्यो, ब्याट्री र इलेक्ट्रिक सवारी साधनको मूल्य बढ्ने सम्भावना

लिथियम–आयोन ब्याट्रीको बढी प्रयोगले विश्वव्यापी बजारमा लिथियमको मागलाई...

इलेक्ट्रिक स्कुटरमा आगो लागेपछि पिडितले पाउने भए १० लाख भारु क्षतिपूर्ति

इलेक्ट्रिक स्कुटरमा आगो लागेपछि पिडितले पाउने भए १० लाख भारु क्षतिपूर्ति

भारतमा एकजना इलेक्ट्रिक स्कुटर आगलागी पीडितले ठूलो रकम क्षतीपूर्ती पाउने...

१२५ चार्जिङ स्टेशन सञ्चालनको तयारीमा एमएडब्लु वृद्धि

१२५ चार्जिङ स्टेशन सञ्चालनको तयारीमा एमएडब्लु वृद्धि

काठमाडौं – चिनियाँ ब्रान्ड फोटोन गाडीको आधिकारिक बिक्रेता एमएडब्लू...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...