नाइमा एक्सपोमा एथर गिभअवे आयोजना हुने, एउटा फोटोले एथर स्कुटर जित्ने मौका
काठमाडौं – आगामी साउन २६ देखि सुरु हुने नाइमा मोबिलिटी एक्सपोलाई लक्षित...
काठमाडौँ — एथर स्कुटरको नेपालका लागि आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा नयाँ ’एथर ४५०एक्स ओभरटोन्स’ सिरिज सार्वजनिक गरेको छ ।
काठमाडौँमा आजदेखी आयोजना भइरहेको मोबिलिटी एक्स्पोमा कम्पनीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटरका साथै आधुनिक स्मार्ट राइडिङ प्रविधिहरू र ६ किलोवाटको फास्ट चार्जर समेत प्रदर्शनीमा राखेको छ ।
प्रदर्शनीको हल–सी अन्तर्गत स्टल नम्बर सी–२ मा रहेको एथर पेभिलियनमा आगन्तुकहरूले नयाँ ओभरटोन्स सिरिज तथा अन्य प्रविधिहरूको प्रत्यक्ष अनुभव लिन सक्नेछन् । नयाँ एथर ४५०एक्स ओभरटोन्स सिरिजले एथरको पर्फर्मेन्स स्कुटर लाइनअपमा नयाँ डिजाइन शैली प्रस्तुत गरेको छ । कम्पनीले ४५० सिरिजको मसीनो र फ्युचरिस्टिक सिल्हूटलाई कायम राख्दै ओभरटोन्स सिरिजमा टोन–अन–टोन डिजाइन र तीन नयाँ रङ स्टिल ह्वाइट, स्पेस ग्रे र लुनार ग्रे उपलब्ध गराएको छ ।
नयाँ डिजाइनका अलावा कम्पनीले एथरस्ट्याक ७.० द्वारा सञ्चालित ‘भ्वाइस अन एथर’ फिचर पनि ल्याएको छ । यस प्रविधिमार्फत चालकले ब्लुटुथ हेडसेट वा स्मार्ट हेल्मेटको प्रयोग गरी आवाजकै भरमा गन्तव्य खोज्न, नेभिगेसन सुरु गर्न, नजिकैको चार्जिङ स्टेसन पत्ता लगाउन तथा स्कुटरका विभिन्न सेटिङहरू नियन्त्रण गर्न सक्नेछन् । यसले गर्दा सवारी चलाउँदा बारम्बार ड्यासबोर्डमा हेर्नुपर्ने बाध्यता हट्ने र यात्रा सुरक्षित एवं सहज हुने कम्पनीको विश्वास छ । साथै एथरका स्कुटरहरूमा म्याजिक ट्विस्ट र इन्फिनिट क्रुज जस्ता आधुनिक सुविधाहरू पनि उपलब्ध छन् ।
चार्जिङ पूर्वाधारलाई सुदृढ बनाउन एथरले नयाँ ६ किलोवाटको फास्ट चार्जर सार्वजनिक गरेको छ, जसले करिब १० मिनेटको चार्जिङमा ३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने क्षमता राख्छ । यसले नेपालमा विद्युतीय सवारी साधनको चार्जिङ व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
नेपाली बजारमा एथरको ४५० सिरिजको सुरुवाती मूल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ र रिज्टा सिरिजको सुरुवाती मूल्य ३ लाख १४ हजार ९ सय रुपैयाँ तोकिएको छ । नयाँ ओभरटोन्स सिरिज आजैदेखि बिक्रीका लागि उपलब्ध भइसकेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...