एसवाईएम एनएचटी २०० को मूल्य अब ६ लाख २५ हजार : विन्टर अफरका साथ उपलब्ध

काठमाडौं – नेपाली बजारमा नयाँ लटको एसवाईएम एनएचटी२०० मोटरसाइकल भित्रिएको छ । पहिलो स्टक क्लियरेन्स भए पछि हाल यो मोटरसाइकल फेरि उपलब्ध भएको हो । नेपालका लागि आधिकारिक वितरक केजी इन्टरकन्टिनेन्टल प्रालिले देशभरका सोरुममा यो मोटरसाइकल उपलब्ध भएको बताएको छ ।

पहिले यो मोटरसाइकलको मूल्य ५ लाख ४८ हजार ८८८ रुपैयाँ रहेकोमा अब यसको मूल्य ६ लाख २५ हजार रुपैयाँ पुगेको छ । नेपाल सरकारले बजेटमार्फत बढाएको भन्सार दर बढ्नुका साथै उत्पादक कम्पनीले समेत मूल्य बढाएको कारण यो मोटरसाइकलको मूल्य समेत बढेको केजी इन्टरकन्टिेनेन्टलले जनाएको छ ।

आज देखि नै लागू हुने गरी यो मोटरसाइकलमा विन्टर अफर समेत उपलब्ध छ । अफर अन्तर्गत एसवाईएमको एनएचटी२०० बाइक खरिद गर्दा ग्राहकले नगद १० हजार छुट पाउनेछन् । त्यस्तै कम्पनीले एक्सचेन्ज गर्ने ग्राहकको सुविधालाई मध्यनजर गर्दै पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्य भन्दा अतिरिक्त १५ हजार रुपैयाँ थप मूल्यांकन गरिने बताइएको छ । नेपाली बजारमा एसवाईएमको एनएचटी२०० बाइक लोकप्रिय बन्दै गइरहेको र यो अफरले ग्राहकहरु अझै बढी आकर्षित हुने कम्पनीले विश्वास लिएको बताएको छ ।

काठमाडौंमा कमलपोखरी, टेकु, चाबहिल र बनेपा तथा उपत्यका वाहिर संखुवासभा, इलाम, पोखरा, चितवनमा एसवाईएमको शोरुम सञ्चालनमा आएको जनरल म्यानेजर प्रमिला खत्रीले जानकारी दिइन् । अब छिट्टै नै इटहरीमा पनि यसको सोरुम खुल्दै छ । एसवाईएम ताइवानको कम्पनी हो । यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय रहेको खत्रीले बताइन् ।

यो बाइक १८३ सीसीमा बजारमा उपलब्ध छ । एफआई इन्जिन, लिक्विड कुलिङ इन्जिन, सिट हाइट ८१० एमएम, फ्युल ट्याङक ११ लिटर लगायतका विशेषता यसमा छन् । अत्यधिक पावर १३.५ किलोवाट, ८५०० आरपीएम, अत्यधिक टर्क १५.७ एमएम र ७५०० आरपीएम छ । ६ वटा गियर स्पिड, डवल च्यानल एबीएस ब्रेकिङ सिस्टम लगायतका विशेषता यो मोटरसाइकलमा रहेका छन् । अगाडिको टायर साइज १००/९०–१९ र पछाडिको टायर साइज १३०/८०–१७ रहेको खत्रीले जानकारी दिइन् । यो बाइकमा फुल एलईडी लाइट छ । १२५ किमी परआवर हाइस्पिड क्षमता छ । बाइकको माइलेज पनि राम्रो रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

टीभीएस अपाचे आरआर३१० सँग प्रतिस्पर्धा गर्न बीएमडब्ल्यु जी३१० आरआर आउने

टीभीएस अपाचे आरआर३१० सँग प्रतिस्पर्धा गर्न बीएमडब्ल्यु जी३१० आरआर आउने

बीएमडब्ल्युले आफ्नो आगामी बाइकको एउटा टिजर जारी गरेको छ । यो कम्पनीको...

लक्जरी कारको बिक्रीमा कीर्तिमान, २०२२ मा भए यी कार धेरै बिक्री

लक्जरी कारको बिक्रीमा कीर्तिमान, २०२२ मा भए यी कार धेरै बिक्री

कोभिड–१९ को महामारी सकिए लगत्तै हालसम्म विश्वका अधिकांश लक्जरी कार...

२०२१ मा रोल्स रोयसले हाँसिल गर्यो ऐतिहासिक सेल्स रेकर्ड

२०२१ मा रोल्स रोयसले हाँसिल गर्यो ऐतिहासिक सेल्स रेकर्ड

लक्जरी कार उत्पादक रोल्स रोयसले सन् २०२१ मा ऐतिहासिक सेल्स रेकर्ड हाँसिल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...