टाटा मोटर्सले ल्यायो ‘स्विच टु टियागो ईभी’ एक्सचेन्ज क्याम्प : बाइक–स्कुटर साटेर ईभी चढ्ने मौका

काठमाडौं – नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । ‘स्विच टु टियागो ईभी’ नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टाइगो ईभी घर लैजान सक्नेछन् ।

यो विशेष क्याम्पेन मार्च १३, १४ र १५, २०२६ अर्थात फागुन २९ र ३० तथा चैत १ गते देशभर सञ्चालन हुनेछ । अभियान अन्तर्गत जुनसुकै ब्रान्डको बाइक वा स्कुटर प्रयोगकर्ताले आफ्नो सवारीको एक्सचेन्ज गरी आकर्षक सुविधासहित टियागो ईभी खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

यस अफरमा ग्राहकहरूले केवल ४ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमा टियागो ईभी आफ्नो बनाउन सक्नेछन् । योजना अन्तर्गत पुराना दुईपांग्रे सवारीको उत्कृष्ट मूल्यांकन, आकर्षक नगद छुट, निःशुल्क एसेसरिज, र एक वर्षको सवारी कर छुट जस्ता विशेष सुविधा उपलब्ध हुनेछन् ।

त्यसैगरी ग्राहकहरूले सिप्रदी नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, साथै निःशुल्क होम चार्जिङ इन्स्टलेसनको सुविधा समेत पाउने कम्पनीले जनाएको छ ।

सुरक्षित, आरामदायी र आधुनिक प्रविधियुक्त विद्युतीय कार प्रयोग गर्न चाहने ग्राहकका लागि यो योजना प्रभावकारी हुने विश्वास कम्पनीको छ । इच्छुक ग्राहकहरूले देशभर रहेका टाटा मार्टसका आधिकारिक शोरुमहरूमा पुगेर मार्च १३, १४ र १५ का दिन उक्त अफरको लाभ लिन सक्नेछन् ।

सम्बन्धित समाचारहरू

डीपलको नयाँ अफरोडर सार्वजनिक, चीन–नेपाल सिमानाको सडकबाट राखियो नाम

डीपलको नयाँ अफरोडर सार्वजनिक, चीन–नेपाल सिमानाको सडकबाट राखियो नाम

चिनियाँ ब्रान्ड डीपलको नयाँ अफरोडर जी३१८ सार्वजनिक भएको छ । डीपलको यो...

इलेक्ट्रिक माइक्रोबसमा अर्को प्रतिस्पर्धी थपिदै, विशाल ग्रुपले ल्याउदै ११ सिटर भ्यान

इलेक्ट्रिक माइक्रोबसमा अर्को प्रतिस्पर्धी थपिदै, विशाल ग्रुपले ल्याउदै ११ सिटर भ्यान

काठमाडौं – नेपाली बजारमा इलेक्ट्रिक माइक्रोबसको प्रयोग बढ्दै गएको...

गियरसहितको इलेक्ट्रिक मोटरसाइकल म्याटर एरा लन्च, सिंगल चार्जमा १७२ किमी रेन्ज

गियरसहितको इलेक्ट्रिक मोटरसाइकल म्याटर एरा लन्च, सिंगल चार्जमा १७२ किमी रेन्ज

भारतको पहिलो गियर भएको इलेक्ट्रिक मोटरसाइकल म्याटर एरा दिल्लीमा लन्च भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...