सुजुकीले एकै महिनामा बेच्यो २ लाख बढी गाडी, बन्यो नयाँ किर्तिमान
काठमाडौँ–भारतीय गाडी निर्माता कम्पनी मारुती सुजुकीले जुलाई २०२६ मा...
सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोवाइलले विन्टर स्किम ल्याएको छ । सो स्किम अन्तर्गत सुजुकीका वर्गम्यान, एभेनिस र एसेस स्कुटर तथा हायते मोटरसाइकलको खरिदमा ग्राहकले १५ हजार नगद छुट पाउनेछन् । नगद छुटको यो स्किम सिमित अवधिका लागी मात्र लागु हुने कम्पनीको भनाई छ ।
साथै ग्राहकले आफूसंग भएको जुनुकै व्राण्डको पुरानो मोटरसाइकल तथा स्कुटरसंग सुजुकीको नयाँ मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् । यसरी एक्सचेन्ज गर्दा कम्पनीले पुरानो वाइकमा १५ हजार अतिरिक्त मूल्यांकन दिने जनाएको छ । सुजुकीको देशभर सञ्चालनमा रहेका शोरुममा यो स्किम लागु गरिएको हो ।
सुजुकीको हाल नेपाली बजारमा ५ वटा मोडलका मोटरसाइकल र ३ मोडलका स्कुटर उपलब्ध छन् । मोटरसाइकलमा सवैभन्दा सस्तो हायतेको मूल्य २ लाख २० हजार निर्धारण गरिएको छ भने महंगो मोडल जिक्सर एसएफ २५० को ५ लाख २ हजार रुपैयाँसम्म पर्छ । स्कुटर तर्फ भने एसेस, एभेनिस र वर्गम्यानको मूल्य क्रमश २ लाख ६६ हजार, ३ लाख र २ लाख ९८ हजार रुपैयाँ तोकिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...