सुजुकीले स्लाइडिङ डोरको साथमा ल्यायो वागनआर स्माइल

जापानी कार निर्माता कम्पनी सुजुकीले घरेलु बजारमा वागनआर स्माइल लन्च गरेको छ । बक्सी लुक भएको सो मल्टीपर्पज कार इन्ट्री लेवल ट्रिम र टप भेरिएन्टको साथमा सार्वजनिक गरिएको छ । सुजुकीको नयाँ कारको मूल्य ८ लाख ३ हजार देखि ११ लाख ४४ हजार भारु रहेको छ । नयाँ सुजुकी वागनआर स्माइल हालको लागि जापानमा मात्र लन्च गरिएको छ ।

नयाँ सुजुकी वागनआर स्माइल कम्पनीको वागनआर स्ट्यान्डर्ड मोडलको तुलनामा फरक रहेको छ । कम्पनीले कार भित्र पस्न र बाहिर निस्कनका लागि स्लाइडिङ डोर जडान गरेको छ । कारको उचाई वागनआरको स्ट्यान्डर्ड मोडलको तुलनामा ४५ एमएम बढी रहेको छ । कम्पनीले सो कार हरेक महिना ५ हजार युनिट बिक्री गर्ने अनुमान गरिएको छ ।

इन्जिन र पावर
सुजुकी वागनआर स्माइलमा ३ सिलिन्डर ६५७ सीसी नेचुरल्ली एस्पायर्ड पेट्रोल इन्जिन जडान गरिएको छ । सो इन्जिनले ६५०० आरपीएममा ४७ बीएचपी पावर र ५००० आरपीएममा ५८ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिनको साथमा सीभीटी ट्रान्समिशन स्ट्यान्डर्ड उपलब्ध रहेको छ । रिपोर्ट अनुसार कार तीन भेरिएन्टमा उपलब्ध हुनेछ । जापानी कम्पनीले कारको ३ भेरिएन्ट २डब्लुडी र ४डब्लुडी विकल्पमा उपलब्ध गराइरहेको छ । यसमा हाई स्पेक ट्रिम्स र हाइब्रिड इन्जिन उपलब्ध रहेको छ ।

लुक र डिजाइन
सुजुकी वागनआर स्माइलको एक्सटेरियर प्रोफाइल बक्सी तर आकर्षक लुक रहेको छ । मिनी भ्यान जस्तै डिजाइन गरिएको सो कारको दुबै तर्फ स्लाइडिङ डोर रहेको छ । कारको फ्रन्टमा चार सर्कुलर हेडल्याम्प र क्रोम ग्रिल तथा बीचमा सुजुकीको लोगो समावेश गरिएको छ । कारको पछाडि भर्टिकल आकारको टेलल्याम्प समावेश गरिएको छ ।

इन्टेरियर र फिचर
कारको इन्टेरियरको कुरा गर्ने हो भने कारको सेन्टरमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डुअल टोन ड्यासबोर्ड, कारको सिटको तल स्टोरेज युनिट र स्टेयरिङ माउन्टेड कन्ट्रोल जडान गरिएको छ । साथै एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर र मल्टी इन्फर्मेसन डिस्प्ले पनि समावेश गरिएको छ । कम्पनीले ग्राहकको लागि कस्टमाइजेसनको विकल्प पनि पेश गरेको छ । यसमा रुफ रेल्स, अलोय ह्वील र बडी किट समावेश गरिएको छ ।

ह्यान्डलिङ
यसको अतिरिक्त कारको एनबीएच इन्जिनियरिङ टेक्नोलोजीमा पनि सुधार गरिएको छ । जसले कारको भाइब्रेसन र आवाजलाई कम गर्न मदत गर्छ । साथै ड्राइभिङ ब्लाइन्ड एंगल पनि कम गर्न सकिन्छ । अगाडिको विन्डोको डिजाइनले दृश्यलाई ८० प्रतिशत भन्दा बढी कम गर्ने छ, जसले सवारी साधनलाई नियन्त्रण गर्न सजिलो बनाउनेछ ।

सम्बन्धित समाचारहरू

१९ वर्षमा ३० लाख यूनिट बिक्री भयो मारुती सुजुकीको यो कार

१९ वर्षमा ३० लाख यूनिट बिक्री भयो मारुती सुजुकीको यो कार

मारुती सुजुकीको सर्बाधिक सफल कार स्विफ्टले ३० लाख बिक्रीको माइलस्टोन पार...

यस्तो हुनेछ नयाँ मारुती सेलेरियोको लुक, लन्चिङ पहिले इन्टरनेटमा भाइरल

यस्तो हुनेछ नयाँ मारुती सेलेरियोको लुक, लन्चिङ पहिले इन्टरनेटमा भाइरल

मारुती सुजुकीले फेस्टिभल सिजनमा न्यु जेनेरेसन मारुती सुजुकी सेलेरियो...

नयाँ सुजुकी ब्रेजामा ४० भन्दा बढी कनेक्टेड फिचर्स हुने

नयाँ सुजुकी ब्रेजामा ४० भन्दा बढी कनेक्टेड फिचर्स हुने

मारुतीको सब–कम्प्याक्ट एसयूभी ब्रेजा एड्भान्स फिचर सहित जुन ३० मा लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...