फुल चार्जमा २०० किलोमिटरको रेन्ज दिने मारुती वागन आर इलेक्ट्रिक कार, फेरि देखियो परीक्षणमा

मारुती सुजुकीले भारतीय बजारमा नयाँ मोडलको कार लन्च गर्ने तयारी अवस्थामा रहेको छ । कम्पनीले वागन आरको इलेक्ट्रिक भर्सन पनि लन्च गर्ने भएको छ । सो कार परीक्षणको समयमा देखा परेको थियो । सो कारको डिजाइनको बारेमा जानकारी सार्वजनिक भइसकेको छ ।

ब्याट्री र ड्राइभिङ रेन्ज
स्ट्यान्डर्ड चार्जरको मद्दतले सो ह्याचब्याक कारको ब्याट्री फुल चार्ज हुनका लागि ७ घन्टाको समय लााग्छ । कम्पनीले यसको साथै फास्ट चार्जरको विकल्प पनि प्रदान गरेको छ । जसले सो व्याट्री ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न १ घन्टा भन्दा कम समय लाग्छ । एक पटकको फुल चार्जमा सो कार २०० किलोमिटरको रेन्ज प्रदान गर्छ ।

डिजाइन र फिचर
सो कारमा एलईडी लाइटिङको साथमा स्प्लिट ह्यान्डल सेटअप र नयाँ लोअर बम्पर रहेको छ । जसमा नयाँ एलईडी फगल्याम्प रहेको छ । यसको साथ कारमा शटअफ फ्रन्ट ग्रिल र क्लोज्ड एयर इनटेक ब्ल्याक शेड पनि समावेश गरिएको छ । नयाँ वागनआरको एक्सटेरियरमा ब्ल्याक आउट बी र सी पिलर देखिएको छ र यसमा फ्ल्याट रुफ उपलब्ध रहेको छ । वागनआर ईभीको रियरमा भर्टिकल्ली प्लेस्ड एलईडी टेलल्याम्प र भर्टिकल रिफ्लेक्टरको साथमा अपडेटेड बम्पर समावेश गरिएको छ ।

लन्चिङ डिटेल्स र मूल्य
यद्यपि कम्पनीले सो कारको लन्चिङ समयको बारेमा आधिकारिक घोषणा गरेको छैन । अनुमानित रिपोर्ट अनुसार सो इलेक्ट्रिक कार यो वर्षको सेप्टेम्बरमा भारतीय बजारमा लन्च गर्ने सम्भावना रहेको छ । वागन आर ईभीको मूल्य ९ लाख भारु तोकिने अनुमान गरिएको छ ।

अन्य विशेषता
वागनआर ईभी विना कुनै केमोफल्याज देखिएको थियो । नयाँ रिपोर्ट अनुसार वागनआर ईभीको इन्टेरियरको लुक हाल उपलब्ध मोडलजस्तै हुने सम्भावना रहेको छ । सो कारको इन्टेरियरमा ब्ल्याक र बेन्ज कलर समावेश गरिने जानकारी सार्वजनिक भएको छ । सो कारको सेन्टर कन्सोल, ड्यासबोर्ड र स्टेयरिङ ह्वील हाल उपलब्ध मोडल जस्तो हुनेछ । कम्पनीले सो इलेक्ट्रिक कारमा क्लाइमेट कन्ट्रोल, अपडेटेड डिजिटल डिस्प्ले र स्पिडोमिटर जस्ता केही फिचर परिवर्तन गर्ने सम्भावना रहेको छ ।

सम्बन्धित समाचारहरू

सुजुकीलाई ब्याट्री सप्लाईमा समस्या, ईभिएक्स लन्च हुन ढिलाई हुने

सुजुकीलाई ब्याट्री सप्लाईमा समस्या, ईभिएक्स लन्च हुन ढिलाई हुने

सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ईभीएक्सको लन्च पूर्ब निर्धारित समयमा...

नयाँ मारुती सुजुकी भिटारा एसयूभी आउदै, क्रेटा र सेल्टोससँग प्रतिस्पर्धा गर्ने

नयाँ मारुती सुजुकी भिटारा एसयूभी आउदै, क्रेटा र सेल्टोससँग प्रतिस्पर्धा गर्ने

मिड साइज एसयूभीको बिक्री बढ्दै गएको छ, लगभग सबै अटोमोबाइल कम्पनीले सो...

सुजुकी गाडी किन्दा २ लाख ५० हजार सम्म छुट

सुजुकी गाडी किन्दा २ लाख ५० हजार सम्म छुट

काठमाडौं – सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले ‘ह्यापी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...