फुल चार्जमा २०० किलोमिटरको रेन्ज दिने मारुती वागन आर इलेक्ट्रिक कार, फेरि देखियो परीक्षणमा

मारुती सुजुकीले भारतीय बजारमा नयाँ मोडलको कार लन्च गर्ने तयारी अवस्थामा रहेको छ । कम्पनीले वागन आरको इलेक्ट्रिक भर्सन पनि लन्च गर्ने भएको छ । सो कार परीक्षणको समयमा देखा परेको थियो । सो कारको डिजाइनको बारेमा जानकारी सार्वजनिक भइसकेको छ ।

ब्याट्री र ड्राइभिङ रेन्ज
स्ट्यान्डर्ड चार्जरको मद्दतले सो ह्याचब्याक कारको ब्याट्री फुल चार्ज हुनका लागि ७ घन्टाको समय लााग्छ । कम्पनीले यसको साथै फास्ट चार्जरको विकल्प पनि प्रदान गरेको छ । जसले सो व्याट्री ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न १ घन्टा भन्दा कम समय लाग्छ । एक पटकको फुल चार्जमा सो कार २०० किलोमिटरको रेन्ज प्रदान गर्छ ।

डिजाइन र फिचर
सो कारमा एलईडी लाइटिङको साथमा स्प्लिट ह्यान्डल सेटअप र नयाँ लोअर बम्पर रहेको छ । जसमा नयाँ एलईडी फगल्याम्प रहेको छ । यसको साथ कारमा शटअफ फ्रन्ट ग्रिल र क्लोज्ड एयर इनटेक ब्ल्याक शेड पनि समावेश गरिएको छ । नयाँ वागनआरको एक्सटेरियरमा ब्ल्याक आउट बी र सी पिलर देखिएको छ र यसमा फ्ल्याट रुफ उपलब्ध रहेको छ । वागनआर ईभीको रियरमा भर्टिकल्ली प्लेस्ड एलईडी टेलल्याम्प र भर्टिकल रिफ्लेक्टरको साथमा अपडेटेड बम्पर समावेश गरिएको छ ।

लन्चिङ डिटेल्स र मूल्य
यद्यपि कम्पनीले सो कारको लन्चिङ समयको बारेमा आधिकारिक घोषणा गरेको छैन । अनुमानित रिपोर्ट अनुसार सो इलेक्ट्रिक कार यो वर्षको सेप्टेम्बरमा भारतीय बजारमा लन्च गर्ने सम्भावना रहेको छ । वागन आर ईभीको मूल्य ९ लाख भारु तोकिने अनुमान गरिएको छ ।

अन्य विशेषता
वागनआर ईभी विना कुनै केमोफल्याज देखिएको थियो । नयाँ रिपोर्ट अनुसार वागनआर ईभीको इन्टेरियरको लुक हाल उपलब्ध मोडलजस्तै हुने सम्भावना रहेको छ । सो कारको इन्टेरियरमा ब्ल्याक र बेन्ज कलर समावेश गरिने जानकारी सार्वजनिक भएको छ । सो कारको सेन्टर कन्सोल, ड्यासबोर्ड र स्टेयरिङ ह्वील हाल उपलब्ध मोडल जस्तो हुनेछ । कम्पनीले सो इलेक्ट्रिक कारमा क्लाइमेट कन्ट्रोल, अपडेटेड डिजिटल डिस्प्ले र स्पिडोमिटर जस्ता केही फिचर परिवर्तन गर्ने सम्भावना रहेको छ ।

सम्बन्धित समाचारहरू

नयाँ स्विफ्टलाई जापान एनक्यापमा ४ स्टार सेफ्टि रेटिङ

नयाँ स्विफ्टलाई जापान एनक्यापमा ४ स्टार सेफ्टि रेटिङ

काठमाडौं– चौथो पुस्ताको सुजुकी स्विफ्टलाई जापान एनक्यापले ४–स्टार...

मारुती सुजुकीको पहिलो इलेक्ट्रिक कार ‘ई भिटारा’ सेप्टेम्बर ३ मा लन्च हुँदै

मारुती सुजुकीको पहिलो इलेक्ट्रिक कार ‘ई भिटारा’ सेप्टेम्बर ३ मा लन्च हुँदै

मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ‘ई भिटारा’ सेप्टेम्बर ३ मा...

११ लाख भारुमै लन्च भयो सुजुकी ई–भिटारा, नेपालमा छिट्टै बिक्री थालिने

११ लाख भारुमै लन्च भयो सुजुकी ई–भिटारा, नेपालमा छिट्टै बिक्री थालिने

मारुती सुजुकीले इलेक्ट्रिक एसयूभी ई-भिटारा आधिकारिक रूपमा लन्च गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...