एरिना लाइनअपको फ्ल्यागशिप मोडलका रुपमा आयो सुजुकी भिक्टोरिस, यस्तो छ विशेषता

मारुति सुजुकीले भिक्टोरिस नामक आफ्नो नयाँ मिडसाइज एसयूभी सार्वजनिक गरेको छ । ब्रान्डको एरिना लाइनअपको फ्ल्यागशिप मोडेलका रुपमा आएको यस नयाँ एसयूभीले हुन्डाई क्रेटा, किया सेल्टोस र होन्डा एलिभेट जस्ता एसयूभीसंग प्रतिस्पर्धा गर्नेछ ।

भिक्टोरिसको समग्र डिजाइन ई–भिटाराबाट प्रेरित छ । यसमा क्रोम स्ट्रिपद्वारा जोडिएको क्रिस्प एलईडी डीआरएलहरू सहित स्लिम एलईडी हेडल्याम्म राखिएको छ । एसयुभीको चारैतिर कालो बडी क्ल्याडिङ र सिल्भर स्किड प्लेटहरू सहित चंकी बम्पर दिइएको छ । साथै, यसमा १८ इन्चको डुअल–टोन अलाेय ह्विल उपलब्ध छ ।

भिक्टोरिसको इन्टेरियरमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटीको साथ १०.२५ इन्चको सेन्ट्रल टचस्क्रिन र डल्बी एटमसका साथ ८–स्पीकर इन्फिनिटी बाइ हर्मन साउन्ड सिस्टम रहेको छ । एसयूभीमा ८ तरिकाले एड्जस्ट गर्न मिल्ने ड्राइभर सिट, एम्बियन्ट लाइटिङ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, प्यानोरामिक सनरुफ, वायरलेस चार्जर, पावर्ड टेलगेट, हेड–अप डिस्प्ले सहितको १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र भेन्टिलेटेड फ्रन्ट सिट पाउन सकिन्छ ।

यस एसयुभीमा सुजकीले लेभल २ एडास प्रदान गरेको छ, जुन यो फिचर पाउने पहिलो मारुती सुजुकी कार पनि हो । सुरक्षाको कुरा गर्दा एसयुभीमा ६ वटा एयरब्याग, इबीडी सहितको एबिएस, ट्रयाक्सन कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, ३६०–डिग्री क्यामेरा र टायर प्रेसर मोनिटरिङ सिस्टम सामेल गरिएको छ । यस कारले भारत एनक्यापमा ५ स्टार रेटिङ पाएको छ ।

पावरट्रेनको कुरा गर्नुपर्दा, भिक्टोरिस १.५–लिटर माइल्ड–हाइब्रिड पेट्रोल इन्जिन, १.५–लिटर स्ट्रङ–हाइब्रिड र सिएनी संस्करणमा उपलब्ध हुनेछ । ५–स्पीड म्यानुअल र ६–स्पीड अटोमेटिक ट्रान्समिसनको विकल्प पाइने भिक्टोरिसको स्ट्रङ–हाइब्रिड संस्करणमा भने ईसिभिटी हुनेछ । साथै, यसको केही भेरिएन्ट अल–ह्वील ड्राइभमा पनि उपलब्ध हुनेछ ।

कुल ६ भेरिएन्टमा उपलब्ध हुने यस एसयुभीको मूल्य भने सार्बजनिक गरिएको छैन ।

सम्बन्धित समाचारहरू

सुजुकीले ल्याउँदै सबैभन्दा सस्तो हाइब्रिड कार, ३५ किमी माइलेजको दाबी

सुजुकीले ल्याउँदै सबैभन्दा सस्तो हाइब्रिड कार, ३५ किमी माइलेजको दाबी

मारुती सुजुकीले सबैभन्दा सस्तो हाइब्रिड कार बजारमा ल्याउने तयारी...

सनरुफ र अन्य थप फिचर सहित नयाँ सुजुकी ब्रेजा मे २५ मा लन्च हुने

सनरुफ र अन्य थप फिचर सहित नयाँ सुजुकी ब्रेजा मे २५ मा लन्च हुने

मारुती सुजुकीले मे महिनामा आफ्नो बहुप्रतीक्षित नयाँ भिटारा ब्रेजा लन्च...

दुई दिनमै सोल्ड आउट भयो सुजुकी हायाबुसा

दुई दिनमै सोल्ड आउट भयो सुजुकी हायाबुसा

भारतमा लन्च भएको दुई दिनमै सुजुकीको सुपरबाइक २०२१ हायाबुसा सोल्ड आउट भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...