दुई नयाँ कलर भेरिएन्ट सहित सुजुकी भी–स्ट्रोम एसएक्स नेपालमा सार्वजनिक

काठमाडौं – नेपालका लागि सुजुकी मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सुजुकी भी–स्ट्रोम एसएक्स मोटरसाइकल थप नयाँ दुई कलर भेरिएन्टका साथ सार्वजनिक गरेको छ । सो लोकप्रिय एड्भेन्चर मोटरसाइकल पर्ल फ्रेस ब्लु प्लस ग्लास स्पार्कल ब्ल्याक र पर्ल ग्रेसियर ह्वाइट प्लस मेटालिक मेट स्टेलर ब्लु कलरमा उपलब्ध भएको हो ।

ललितपुरको ग्वार्कोस्थित सुजुकी शोरुममा सो मोटरसाइकल सार्वजनिक गरिएको हो । मोटो भ्लगर र १० जना नयाँ ग्राहकले एक समारोहका बिच सो मोटरसाइकल सार्वजनिक गरे ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सुजुकी भी–स्ट्रोम एसएक्स नेपालमा सबैभन्दा किफायती २५० सीसीको जापानी एड्भेन्चर मोटरसाइकल हो, जसले मिश्रित सडक अवस्थामा करिब ४० किलोमिटर प्रतिलिटरको प्रभावशाली माइलेज प्रदान गर्दछ। यो मोटरसाइकल बहुउपयोगिता लक्षित गरी निर्माण गरिएको हो, जसले हल्का अफरोड, ग्राभेल तथा असमान बाटोहरू सजिलै सामना गर्न सक्छ।’

सानो सिट र अत्यधिक लामो सस्पेन्सन भएका शुद्ध अफरोड मोटरसाइकलहरूले राजमार्गमा झट्का दिने तथा असहज अनुभव दिने भए पनि सुजुकी भी–स्ट्रोम एसएक्सले उत्कृष्ट स्थिरता र लामो यात्रामा आरामदायी अनुभव प्रदान गर्छ। यसले शहरदेखि लामो टुरसम्म नेपालका विविध सडक अवस्थाका लागि यस मोटरसाइकललाई एक आदर्श विकल्प बनाएको छ।

यस्तो छ मोटरसाइकल

सुजुकी भी–स्ट्रोम एसएक्समा २४९ सीसीको फोर स्ट्रोक सिंगल सिलिन्डर आयल–कुल्ड एसओएचसी इन्जिन रहेको छ, जसले ९,३०० आरपीएममा २६.५ पीएस पावर र ७,३०० आरपीएममा २२.२ एनएम टर्क जेनेरेट गर्छ । ६–स्पिड गियरबक्स रहेको सो बाइकको ह्विलबेस १,४४० एमएम छ भने ग्राउन्ड क्लियरेन्स २०५ एमएम र सिट हाइट ८३५ एमएम छ । यसमा १२ लिटरको इनधन ट्यांकी रहेको छ ।

यसमा सुजुकी इको पर्फमेन्स (एसईपी) इन्जिनका कारण इनधन किफायतीपना बढाउनुका साथै घर्षण हुनबाट पनि बचाउछ । त्यसैगरी सुजुकीद्वारा विकास गरिएको सुजुकी आयल कुलिङ सिस्टमका साथै मोटोजीपी टेक्नोलोजी प्रयोग गरिएको भल्व र पिस्टन लगायतका कारण पर्फमेन्स राम्रो र स्मुद बनाउनमा भूमिका खेलेको छ । त्यसैगरी इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सिस्टमका कारण आवश्यक मात्रा मिलाएर इन्धन छर्किन र पर्फमेन्स राम्रो बनाउनमा भूमिका खेलेको छ ।

सुजुकी भी–स्ट्रोम एसएक्सलाई कम्पनीले स्पोर्ट एड्भेन्चर टुरर बाइक भनेको छ । यसको एड्भेन्चर–इन्स्पायर्ड लुक, कम्फर्टेबल इर्गोनोमिक्स र सबै तरिकाले फिट गर्न मिल्ने युटिलिटी सेटअपका कारण बाइकरको रोजाइमा पर्ने गरेको छ ।

यसमा भएको बिक अर्थात चराको चुच्चो आकारको डिजाइन, एलईडी हेडलाइट, एलईडी टेललाइट, नकल कभर, विन्डस्क्रिन र पछाडि बस्ने व्यक्तिका लागि फरक सिट तथा ड्युअल–एक्जिट मफलर, इन्जिन अन्डर काउलिङ तथा ग्राफिक्सले यसको फरक स्टाइल पहिचान गराएको छ ।

यसमा प्रयोग गरिएको राम्रो तरिकाले डिजाइन गरिएको राउन्डेड च्यासिस, फ्रन्ट तथा रियर सस्पेन्सन, उपयुक्त नापका ह्विल र टायर, ड्युअल च्यानल एबीएस, फुट रेस्ट रबर, रियर करियर तथा ग्र्याब बार लगायतका फिचरले बाइकलाई अझै परफर्मेन्सयुक्त बनाएको छ ।

बाइकमा भएको सहज तरिकाले हेर्न सकिने डिस्प्ले, युएसबी आउटलेट, सुजुकी इजी स्टार्ट सिस्टम तथा छनोट गर्न सकिने जेन्युइन एसेसरिजबाट कस्टमाइज गर्न सकिने सुविधा यसका अन्य आकर्षक पक्ष हुन् । त्यसैगरी सुजुकी राइड कनेक्ट एपको प्रयोग गरी धेरै सुविधा लिन सकिन्छ ।

हाल नेपाली बजारमा उपलब्ध सुजुकी भी–स्ट्रोम एसएक्सको मूल्य ५ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ । नयाँ कलर अप्सन थप भए पनि उही मूल्यमै यो बाइक उपलब्ध हुने भीजी अटोमोबाइल्सले जनाएको छ ।

सम्बन्धित समाचारहरू

सुजुकी ब्रेजा एलएक्सआईको भिडियो लिक, बेस मोडलमा धेरै फिचर नहुने

सुजुकी ब्रेजा एलएक्सआईको भिडियो लिक, बेस मोडलमा धेरै फिचर नहुने

मारुती सुजुकीको ब्रेजा लन्च हुनु अगावै सो एसयूभीको भिडियो अनलाइन लिक भएको...

मारुती सुजुकी डिजायर भारतको सबैभन्दा सुरक्षित सेडान कार, पायो ५ स्टार सेफ्टी रेटिङ

मारुती सुजुकी डिजायर भारतको सबैभन्दा सुरक्षित सेडान कार, पायो ५ स्टार सेफ्टी रेटिङ

मारुती सुजुकी डिजायरले भारत एनक्याप क्र्यास टेस्टमा ५ स्टार प्राप्त गर्दै...

निषेधाज्ञाको प्रत्यक्ष प्रभाव : तत्काल रोकिए नेपालमा यी पाँच गाडीको बुकिङ र लन्चिङ

निषेधाज्ञाको प्रत्यक्ष प्रभाव : तत्काल रोकिए नेपालमा यी पाँच गाडीको बुकिङ र लन्चिङ

काठमाडौं – बैशाख १६ देखि निषेधाज्ञा लागू गरिए पश्चात नेपाली बजारमा उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...