चाडपर्वको पहिलो संकेत – आयो सुजुकी पर्वोत्सव, दशै तिहारको अवसरमा नगद छुट र अन्य सुविधा
काठमाडौं – सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्प मार्फत...
मारुती सुजुकीले भारतीय बजारको लागि कम लागतको इलेक्ट्रिक ह्याचब्याक विकास गरिरहेको छ । कोडनेम वाई२भी मा उत्पादन हुन लागेको सो नयाँ मोडल मारुतीद्वारा स्थानीय रूपमा डिजाइन र विकास गरिएको पहिलो ईभी हुने जनाइएको छ ।
सुजुकी ईडब्लुएक्स अवधारणामा आधारित रहने सो ईभी सन् २०२८ सम्ममा उत्पादनमा जाने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
वाईटुभी इलेक्ट्रिक ह्याचब्याकको प्राविधिक विवरणहरू अझै सार्बजनिक नभएपनि यो ३५ किलोवाट आवर ब्याट्रीद्वारा संचालन हुने अनुमान गरिएको छ । जुन ई–भिटाराको लगभग आधा क्षमता हो ।
ईन्ट्रि लेभल सेग्मेन्टको सो नयाँ ईभीले टाटा टियागो र एमजी कोमेट ईभीसंग प्रतिस्पर्धा गर्नेछ । सो नयाँ कारलाई मारुती सुजुकीले ५ वर्षभित्र २ लाख ५० हजार युनिट उत्पादन गर्ने लक्ष्य लिएको छ ।
मारुती सुजुकीले यस वर्षको अन्त्यमा आफ्नो पहिलो प्योर–इलेक्ट्रिक मोडल ई–भिटारा लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले सन् २०३१ सम्ममा ६ वटा नयाँ ईभी लन्च गर्ने यसअघि नै उद्घोष गरेको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...