सस्तो मूल्यमा सुजुकी, टाटा र हुन्डाईले नयाँ एसयूभी लन्च गर्ने

ग्राहकहरु माझ कम्प्याक्ट एसयूभी निकै लोकप्रिय रहेको छ । सस्तो र कम मर्मत खर्चको कारण ग्राहकहरु बीच यस्ता कार लोकप्रिय बन्दै छन् । मारुती सुजुकी, टाटा र हुन्डाई जस्ता कम्पनीले सस्तो मूल्यमा कम्प्याक्ट एसयूभी लन्च गर्ने तयारी गरिरहेका छन् । सो कम्प्याक्ट एसयूभीको सुरुवाती मूल्य ५ लाख भारु हुनेछ ।

हुन्डाईको माइक्रो एसयूभी
हुन्डाईले नयाँ माइक्रो एसयूभी चाँडै लन्च गर्ने भएको छ । रिपोर्टका अनुसार सो कार के१ प्लेटफर्ममा आधारित हुनेछ, जहाँ स्यान्ट्रो कार निर्माण गरिएको थियो । यद्यपि कम्पनीले सो माइक्रो एसयूभीको लन्चको बारेमा केही जानकारी दिएको छैन । रिपोर्टका अनुसार सो कारको शुरुवाती मूल्य ४ लाख ५ हजार देखि ५ लाख भारु हुनेछ ।

सुजुकीको नयाँ सेलेरियो
मारुती सुजुकी सेलेरियो कम्पनीको सबैभन्दा सस्तो अटोमेटिक गियरबक्स भएको कार हो । कम्पनीले सो कारको सेकेन्ड जेनेरेसन मोडल लन्च गर्ने तयारी अवस्थामा रहेको छ । सो कार पहिलो पटक सन् २०१४ मा लन्च गरिएको थियो । यद्यपि कम्पनीले सो कारको जेनेरेसन मोडल लन्चिङको खुलासा गरेको छैन ।

कम्पनीको सो नेक्स्ट जेनेरेसन मोडल हार्टटेक प्लेटफर्ममा तयार पारिनेछ, जहाँ एस–प्रेसो र वागनआर निर्माण गरिएको थियो । रिपोर्टका अनुसार नयाँ सेलेरियोको क्याबिन स्पेस ठूलो हुनेछ । कम्पनीले सो कारको शुरुवाती मूल्य ४ लाख ५ हजार देखि ६ लाख ५ हजार भारु तोक्ने सम्भावना रहेको छ ।

टाटा एचबीएक्स
टाटा मोटर्सले माइक्रो एसयूभी एचबीएक्स लन्च गर्ने तयारी अवस्थामा रहेको छ । कम्पनीले गतवर्ष अटो एक्सपोमा एचबीएक्स कोडनेमको माइक्रो एसयूभी कन्सेप्ट पेश गरेको थियो । कम्पनीले सो एसयूभीको जानकारी सार्वजनिक गरेको छैन । रिपोर्टका अनुसार सो नयाँ माइक्रो एसयूभीको मूल्य ५ लाख भारु हुनेछ ।

सम्बन्धित समाचारहरू

कस्तो हुनेछ टाटा एसयुभीको काजीरंगा एडिसन ? यी बिशेषता हुनेछन् थप

कस्तो हुनेछ टाटा एसयुभीको काजीरंगा एडिसन ? यी बिशेषता हुनेछन् थप

एसयुभीको उत्पादन र कारोबारमा आक्रमक देखिएको टाटा मोटर्सले पछिल्लो समय...

यी हुन् नेपाली बजारमा उपलब्ध सुरक्षित कार, जसले पाए क्र्यास टेष्टमा ५ स्टार रेटिङ

यी हुन् नेपाली बजारमा उपलब्ध सुरक्षित कार, जसले पाए क्र्यास टेष्टमा ५ स्टार रेटिङ

कार खरिद गर्नुअघि ग्राहकले लुक्स तथा डिजाइनको साथै सेफ्टि फिचरमा समेत...

टाटा एस वा टाटा इन्ट्रा गाडी २ लाख डाउनपेमेन्टमै पाइने, युवालाई विदेश पलायनबाट रोक्ने

टाटा एस वा टाटा इन्ट्रा गाडी २ लाख डाउनपेमेन्टमै पाइने, युवालाई विदेश पलायनबाट रोक्ने

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...