सुजुकी एक्सेस १२५ ले पार गर्यो ५० लाख युनिट उत्पादन, नेपालमा किन हुन सकेन सफल
सुजुकी टु ह्विलरको लोकप्रिय स्कुटर एक्सेस १२५ ले ५० लाख युनिट उत्पादनको...
सुजुकीको सर्बाधिक लोकप्रिय ह्याचब्याक कार स्विफ्ट नयाँ इन्जिन जडान भएर आउने भएको छ । जापानमा जारी अटो शोमा सुजुकीले चौथो जेनेरशेन स्विफट्मा नयाँ जेड–सिरिज ईन्जिन जडान गरेर यसको कन्सेप्ट सार्वजनिक गरेको हो । सो नयाँ कार अर्कोवर्ष लन्च हुने अपेक्षा गरिएको छ । साथै शोमा सुुजुकीले १.४ लिटर स्ट्रङ हाइब्रिड पावरट्रेनको स्विफ्ट समेत देखाएको छ ।
हाल उपलब्ध स्विफ्टमा सुजुकीले के–सिरिज इन्जिन जडान गरेको छ । सो इन्जिनमा ४ वाट सिलिन्डर दिइएकोमा नयाँ इन्जिन जेड–सिरिजमा भने जम्मा ३ वटामात्र सिलिन्डर हुनेछ ।
सिलिन्डर संख्या कम भएसंगै कारको तौल समेत कम हुने र यसले दिने माइलेज पनि बढेर ४० किलोमिटर पुग्ने कम्पनीले दावी गरेको छ । हाल प्रयोगमा आएको के–सिरिज इन्जिनले प्रतिलिटर पेट्रोलका खपतमा २२ किलोमिटर माइलेज दिँदै आएको छ ।
नयाँ इन्जिनको सिलिन्डर संख्या कम भएपनि यसले दिने पावर भने ४ सिलिन्डर के–सिरिज सरहनै रहने कम्पनीले जनाएको छ । साथै यसको टर्क भने पुरानो इन्जिनको तुलनमा केही बढी हुनेछ ।
हाल प्रयोगमा आएको के–सिरिज इन्जिनलाई विस्थापन गर्नेगरी बिकास गरिएको सो नयाँ इन्जिनलाई स्विफ्ट हुँदै निकट भविष्यमा फ्रङक्स, बलेनो, इको र इग्निस लगायत मोडलमा समेत विस्तार गर्ने सुजुकीले योजना बनाएको छ ।
सुजुकी टु ह्विलरको लोकप्रिय स्कुटर एक्सेस १२५ ले ५० लाख युनिट उत्पादनको...
भारतको सवैभन्दा ठूलो प्यासेन्जर कार उत्पादक मारुती सुजुकीले जनवरीमा...
काठमाडौं–भारतका अधिकांश अटो निर्माताले नयाँ वर्ष २०२५ को पहिलो दिनबाटै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...