सुजुकी स्विफ्ट फेसलिफ्ट लन्च : स्टाइल, फिचर र इन्जिनमा परिवर्तन

मारुती सुजुकीले स्विफ्टको फेसलिफ्ट भर्सन भारतमा लन्च गरेको छ । यो थर्ड जेनेरेसन मोडल हो । यसको मूल्य ५ लाख ७३ हजार देखि ८ लाख ४१ हजार भारु रहेको छ । पहिलेको मोडल भन्दा सो फेसलिफ्ट मोडलमा कम्पनीले स्टाइल, फिचर र इन्जिनमा केही परिवर्तन गरेको छ ।

नयाँ स्विफ्टमा सबैभन्दा ठूलो परिवर्तन इन्जिनमा गरिएको छ । कम्पनीले पुरनो ८३ हर्स पावर भएको १.२ लिटरको इन्जिनलाई नयाँ ९० हर्स पावर भएको १.२ लिटर डुअलजेट पेट्रोल इन्जिनले रिप्लेस गरेको छ । यद्यपि यसमा टर्क पहिला जस्तो समान ११३ एनएमको रहेको छ । सो कारमा ५ स्पिड म्यानुअल र ५ स्पिड एएमटी गियरबक्सको साथमा समावेश गरिएको छ ।

नयाँ इन्जिन आइडल स्टार्ट स्टप टेक्नोलोजीको साथमा उपलब्ध रहेको छ । कम्पनीले सो कारले म्यानुअल गियरबक्सको साथमा २३.२० किलोमिटर प्रतिलिटर र अटोमेटिक गियरबक्समा २३.७६ किलोमिटर प्रतिलिटरको माइलेज दिने दावी गरेको छ ।

मारुती स्विफ्ट फेसलिफ्टमा कस्मेटिक परिवर्तन गरिएको छ । यसको अगाडि क्रस मेस ग्रिल रहेको छ । जसमा क्रोम एक्सेन्ट पनि समावेश गरिएको छ । साथै पछाडि तर्फ पुरानो मोडलको तुलनामा सामान्य परिवर्तन गरिएको छ । सो कारको टप स्पेक स्विफ्टमा तीन डुअल टोनको विकल्प पनि रहेको छ ।

इ्न्टेरियरको कुरा गर्ने हो भने सो नयाँ मोडलको सिटमा नयाँ डिजाइन रहेको छ । २०२१ स्विफ्ट भीएक्सआईमा नयाँ अडियो हेड युनिट उपलब्ध रहेको छ र यो भोल्युम र ट्रयाक चेन्जको लागि फेदर टच कन्ट्रोलको साथमा उपलब्ध रहेको छ । सो कारमा पहिला जस्तो यूएसबी र एयूएक्स कनेक्टिभिटी उपलब्ध रहेको छ ।

फुल्ली लोडेल मोडलमा क्रुज कन्ट्रोल, कलर एमआईडी र अटो फोल्डिङ ओआरभीएमको साथमा उपलब्ध रहेको छ । यसको साथै किटको अधिकांश हिस्सा पुरानो मोडलबाट लिइएको छ । जसमा फुल्ली लोडेड मोडलमा एलईडी हेडल्याम्प, ७.० इन्च टचस्क्रिन, किलेस इन्ट्रि र गो, अटो क्लाइमेट कन्ट्रोल, रियर भ्यू क्यामेरा सहित अन्य फिचर रहेको छ । सो कारको सिस्टममा स्मार्टप्ले स्टुडियो सिस्टम छ र मोबाइल एपको माध्यमले लाइभ ट्राफिक अपडेट पनि प्रदान गर्छ ।

पुरानो मोडल भन्दा यसको मूल्यमा केही फरक रहेको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...