आफ्नै बसपार्क देखेर लाज‍ लाग्यो ललितपुरका मेयरलाई

ललितपुर - ललितपुर महानगरपालिकाले लगनखेल बसपार्कलाई पुनः बस स्ट्याण्डमा परिणत गर्न छलफल सुरू गरेको छ। महानगरमा आयोजित छलफल कार्यक्रममा नगरप्रमुख चिरीबाबु महर्जनले महानगरलाई बसपार्क देखेर लाज लागेको बताएका छन्।

उनले भने, ‘महानगरको अरु ठाउँ र त्यो ठाउँ तुलना गर्न मिल्दैन, त्यहाँको अवस्था देखेर महानगरलाई लाज लागेको छ।’ शहरीकरणका कारण त्यो ठाउँमा बसपार्क राखिएको बताउँदै उनले मच्छिन्द्रनाथको रथ घुमाउन राखिएको खुल्ला ठाउँ भएको नगर प्रमुखले प्रष्ट पारे। उनले भने,‘त्यो ठाउँ अस्तव्यस्त भएकाले क्रिटिसिजम भइरहेको छ, यो सुधार गर्न अत्याश्यक छ। यो वास्तवमा बसपार्क होइन, रथ घुमाउन राखिएको खुला ठाउँ हो।’

उपप्रमख मञ्जली शाक्य बज्राचार्यले बसपार्क व्यवस्थित र फुटपाथ व्यवस्थापनको विषयलाई एकैसाथ सम्बोधन गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘फुटपाथ र पार्क व्यवस्थापनलाई छुट्याएर काम गर्दा समस्या समाधान हुन सक्दैन।’ कार्यक्रममा नगर प्रहरी प्रमुख सिताराम हाछेथुले कार्यक्रममा प्रस्तुत गरेको लगनखेल बसपार्क व्यवस्थापनसम्बन्धी प्रस्तुतिमा लगनखेल बसपार्कमा चापागाउँ, कीर्तिपुर, भक्तपुरलगायतका ठाउँमा आउने बसलाई स्ट्याण्डको रुपमा मात्रै राख्ने उल्लेख छ।

नगरप्रमुख चिरीबाबु महर्जनले अन्य पालिका र अन्य सरोकारवालासँग पनि छलफल गर्ने बताए। उनले भने, ‘सम्बन्धित पालिकामा नै सवारी साधन क्यूमा राख्ने, यहाँ एक दुईवटा मात्रै राख्ने व्यवस्था भए यहाँ सहज हुन्छ। यो विषयमा सबै पालिकासँग छलफल गर्नुपर्छ।’

ललितपुरका सहायक जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बसपार्क बस स्ट्याण्डमा बदल्नु अघि व्यवसायी र जनसमुदायलाई पर्याप्त सूचना दिनुपर्ने बताइन्।

सम्बन्धित समाचारहरू

कुन सवारी साधनको सडक दस्तुर कति ?

कुन सवारी साधनको सडक दस्तुर कति ?

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षमा लाग्ने सडक दस्तुरको दर सार्वजनिक...

पहिलोपटक तातोपानी नाकाबाट हेलिकोप्टर आयात

पहिलोपटक तातोपानी नाकाबाट हेलिकोप्टर आयात

काठमाडाैं । तातोपानी नाका भएर पहिलोपटक हेलिकोप्टर नेपालमा आयात भएको छ ।...

शुक्रबार देखि सञ्चालनमा आउँदै ग्वार्को फ्लाइओभर

शुक्रबार देखि सञ्चालनमा आउँदै ग्वार्को फ्लाइओभर

काठमाडौं – ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरको निर्माण कार्य सम्पन्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...