बढ्यो अल्टो के१० को सेफ्टी फिचर, अब प्रत्येक भेरिएन्टमा ६ एयरब्याग
मारुती सुजुकीले आफ्नो गाडीमा सेफ्टी फिचर बढाउने काम गरिरहेको छ । यस...
मारुती सुजुकीको स्विफ्ट ह्याचब्याक आगामी वर्ष नयाँ अपडेट मोडलमा आउने भएको छ । सन् २०१७ मा लन्च गरिएको स्विफ्टले सफलतापूर्वक ४ वर्ष पार गरिसकेको छ । अर्को वर्ष आउने स्विफ्ट यसको चौथो जेनेरेसन हुनेछ ।
नयाँ अपडेटमा हालको मोडल भन्दा थप फिचरका साथै आकर्षक र स्पोर्टी लुक हुनेछ ।
लन्च समय
यो कार सन् २०२२ को जुलाईमा लन्च हुनेछ । यद्यपि कम्पनीले यसको वारेमा आधिकारिक जानकारी केही दिएको छैन ।
हार्टेक्ट प्लेटफर्म
सुजुकीको सो २०२२ मोडलको कार हार्टेक्ट प्लेटफर्ममा आधारित हुनेछ । मारुती सुजुकीका धेरै कारहरु अब यही प्लेटफर्ममा आउन थालेका छन् । यसबाट कारको ओभरल पर्फमेन्स अझै राम्रो हुने बताइन्छ ।
कस्मेटिक परिवर्तन
कारमा नयाँ कस्मेटिक परिवर्तन पनि गरिने छ । यसमा नयाँ डिजाइनका साथै नयाँ लुक समेत हुनेछ । त्यसैगरी सो कार अझै स्पोर्टी समेत हुनेछ ।
नयाँ फिचर
सो नयाँ कारमा हालको मोडल भन्दा थप फिचर समेत हुनेछन् । यसमा नयाँ इन्टेरियर पनि हुनेछ । पहिले भन्दा ठूलो इन्फोटेनमेन्ट सिस्टम हुनुका साथै नयाँ अपहोल्स्ट्री समेत हुन सक्ने सम्भावना छ ।
मूल्य
यसको नयाँ मूल्यको वारेमा अहिले नै केही भन्न सकिदैन । यद्यपि विभिन्न नयाँ फिचरका कारण हालको मोडल भन्दा यसको मूल्य ४० देखि ५० हजार भारु सम्म महंगो हुन सक्ने छ ।
जापानको अटोमोबाइल पोर्टल बेस्ट कार वेबले सो नयाँ कारको इमेज रेन्डरिङ गरेको छ । यसका आधारमा सो कारको लुक कस्तो हुनेछ भन्ने अनुमान गरिएको छ ।
मारुती सुजुकीले आफ्नो गाडीमा सेफ्टी फिचर बढाउने काम गरिरहेको छ । यस...
भारतको सबैभन्दा ठूलो कार उत्पादक मारुती सुजुकीले आफ्नो पहिलो ईभी लन्च...
मारुती सुजुकीले भारत एनक्याप क्र्यास टेस्टका लागि पठाइने कारहरूको पहिलो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...