सुजुकी मोटरसाइकलको भारतमा २० वर्ष यात्रा पुरा, १ करोड युनिट उत्पादन
सुजुकी मोटरसाइकल इन्डियाले भारतमा उत्पादन सुरु गरेको २ दशक पुरा भएको छ ।...
मारुती सुजुकीले एसप्रेसोलाई परिष्किृत इन्जिनसहित बजारमा ल्याएको छ । यसअघि प्रयोग हुँदै आएको के १० इन्जिनलाई परिष्किृत गरेर ल्याइएको यो कारले १७ प्रतिशत बढी माइलेज प्रदान गर्ने दावी गरिएको छ । यो कारमा सुजुकीले १.० लिटर के १० भीभीटी पेट्रोल इन्जिन जडान गरेको छ ।
अटो गियर सिफ्ट(एएसजी) र म्यानुअल ट्रान्समिसन अप्सनमा उपलव्ध यसको अटो गियर सिफ्टले पहिलेभन्दा १७ प्रतिशत र म्यानुअलले १३ प्रतिशत बढी माइलेज प्रदान गर्ने दावी गरएको हो । परिष्कृत इन्जिन जडान गरिएको यसको भिएक्सआई(ओ) र भिएक्सआई प्लस(ओ) एजीएसले २५.३० किलोमिटर, भिएक्सआई र भिएक्सआई म्यानुअलले २४.७६ किलोमिटर र स्ट्यान्डर्ड भेरियन्ट एलएक्आई म्यानुअलले २४.१२ किलोमिटर रेन्ज दिने दावी छ ।
यो नयाँ अपडेटेड मोडलको एजिएस भेरिएन्टमा हिलहोल्ड एसिस्ट सहितको इलेक्ट्रोनिक स्ट्याविलिटी प्रोग्राम र भिएक्सआई(ओ) र भिएक्सआई प्लस(ओ) मा इलेक्ट्रिकल्ली एड्जस्टेवल ओआरभिएमएस फिचर्स समेत थप गरिएको छ । यो नयाँ मोडलको मूल्य भारतीय वजारमा ४ लाख २५ हजारदेखी ६ लाख भारुका विच निर्धारण गरिएको छ ।
एसयुभी प्रेरित लुक्स भएको यो एसयुभीमा आइडल स्टार्ट–स्टप टेक्नोलोजी अपडेट गरिएका कारण माइलेज बृद्धि भएको हो । भारतीय बजारमा सर्बाधिक विक्री हुने मोडलका रुपमा स्थापित यो कार नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ ।
सुजुकी मोटरसाइकल इन्डियाले भारतमा उत्पादन सुरु गरेको २ दशक पुरा भएको छ ।...
मारुती सुजुकी इन्डिया लिमिटेडले आगामी मिडसाइज एसयूभीको नाम ग्रान्ड...
मारुती सुजुकीको सर्बाधिक सफल ह्याचब्याक कार स्विफ्ट नयाँ अबतारमा आउँदै छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...