भोलिदेखि सुजुकीको विन्टर सर्भिस क्याम्प हुने

काठमाडौं – नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो भोलि देखि विन्टर फ्रि सर्भिस क्याम्प आयोजना गर्ने भएको छ । आगामी पुस २२ गते शुक्रबार सम्म चल्ने सो क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउने छन् । यसका साथै १५ जना लक्की ग्राहकले फ्रि सर्भिस भौचर पनि जित्न सक्ने छन् ।

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी÷हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउने छन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत तथा इन्जिन कुलिङ, एसी÷हिटर सम्बन्धी पार्ट्स र एसेसरिजमा १० प्रतिशत छुट पाउने छन्

यसका साथै यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्ट्स र इन्जिन आयलमा ५ प्रतिशत छुट पाउने कम्पनीको भनाइ छ ।

जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने र यो विषयमा सुजुकीका ग्राहकलाई जानकारी गराउन तथा उनीहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुन लागेको कम्पनीले जनाएको छ।

सुजुकीको विन्टर फ्रि सर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल भएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

सुजुकीले भारतमा बढायो स्कुटरको बिक्री, यस्तो छ अन्य ब्रान्डको अबस्था

सुजुकीले भारतमा बढायो स्कुटरको बिक्री, यस्तो छ अन्य ब्रान्डको अबस्था

सुजुकी टु ह्विलरले भारतमा स्कुटरको बिक्री बढाएको छ । गत बर्षको अप्रिलदेखी...

०५७ सालमा मारुती ८०० किन्ने पैसाले आउथ्यो १०० तोला सुन, कति थियो मूल्य ?

०५७ सालमा मारुती ८०० किन्ने पैसाले आउथ्यो १०० तोला सुन, कति थियो मूल्य ?

काठमाडौं – अहिले बजारमा उपलब्ध मारुती सुजुकी ८०० को मूल्य कति होला ? अनि...

सुजुकी ब्रेजा एलएक्सआईको भिडियो लिक, बेस मोडलमा धेरै फिचर नहुने

सुजुकी ब्रेजा एलएक्सआईको भिडियो लिक, बेस मोडलमा धेरै फिचर नहुने

मारुती सुजुकीको ब्रेजा लन्च हुनु अगावै सो एसयूभीको भिडियो अनलाइन लिक भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...