सुजुकीले बढायो सबै गाडीको मूल्य, ब्रेजामा बढाइयो १ लाख ५ हजारसम्म

काठमाडौं – सुजुकी गाडीको नेपालका लागि आधिकारिक बितरक सिजी मोटोकर्पले आफ्ना सबै मोडलका कारको मूल्य वृद्धि गरेको छ । नयाँ मूल्य सूचीअनुसार सबैभन्दा बढी सब कम्प्याक्ट एसयुभी ब्रेजामा गरिएको छ ।

यो एसयुभीमा १ लाख ५ हजार रुपैयाँसम्म मूल्य वृद्धि गरिएको हो । सबैभन्दा कम ब्रेजाकै भिएक्सआई मोडल र एसप्रेसोमा गरिएको छ । जसमध्ये ब्रेजा भिएक्सआईमा ५० हजार र एसप्रेसोमा ६० हजार रुपैयाले मूल्य बढेको हो । अन्य मोडलमा भने १ लाख रुपैयाँका दरले मूल्य बढाइएको छ ।

मूल्य वृद्धि भएसँगै यसअघि ४१ लाख ९९ हजार रुपैयाँमा कारोबार हुँदै आइरहेको ब्रेजा भिएक्सआईको मूल्य ४२ लाख ४९ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी ४६ लाख १९ हजार रुपैयाँमा कारोबार भैरहेको ब्रेजा जेडएक्सआई प्लसको ४७ लाख २४ हजार र ४६ लाख ४९ हजार रुपैयाँमा कारोबार भैरहेको जेडएक्सआई प्लस डुअलको ४७ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

यसअघि २५ लाख ९९ हजार रुपैयाँमा कारोबर भैरहेको एसप्रेसो भिएक्सआईको मूल्य बढेर २६ लाख ५९ हजार रुपैयाँ पुगेको छ । यो कारमा ६० हजारले मूल्य वृद्धि भएको हो ।

मारुती सुजुकीका अन्य मोडल अल्टो, स्विफ्ट, बलेनो, डिजायर, वागन आर, इग्निस, एसक्रस, अर्टिगा, सियाज र एक्सएल६ मोडलको सबै भेरिएन्टमा १ लाख रुपैयाँको दरले बढाइएको छ ।

सम्बन्धित समाचारहरू

सुजुकीको फ्लेक्स फ्युल मोडल जुन ५ मा लन्च हुने

सुजुकीको फ्लेक्स फ्युल मोडल जुन ५ मा लन्च हुने

मारुती सुजुकीले जुन ५ मा आफ्नो पहिलो फ्लेक्स फ्युल कार सार्वजनिक गर्ने...

ललितपुरको ग्वार्कोमा खुल्यो भीजी सुजुकीको नयाँ शोरुम

ललितपुरको ग्वार्कोमा खुल्यो भीजी सुजुकीको नयाँ शोरुम

काठमाडौं – नेपालका लागि सुजुकी दुईपांग्रे सवारी साधनको आधिकारिक वितरक...

वर्षको पहिलो महिनामा भारतमा टाटा मोटर्सको सुखद सुरुवात, कारप्रेमीको रोजाइमा नेक्सन र पन्च

वर्षको पहिलो महिनामा भारतमा टाटा मोटर्सको सुखद सुरुवात, कारप्रेमीको रोजाइमा नेक्सन र पन्च

भारतमा यो वर्षको पहिलो महिना अर्थात २०२६ जनवरीमा सबैभन्दा धेरै बिक्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...