टाटा पन्चसँग प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ माइक्रो एसयूभी ल्याउने
मारुती सुजुकीले नयाँ माइक्रो एसयुभी ल्याउने तयारी थालेको छ । कम्पनीले...
मारुती सुजुकीले अक्टोबरमा हालसम्मकै धेरै कार बिक्री गरेको छ । गत महिना कम्पनीले भारतीय बजार र अन्तारष्ट्रिय बजारमा निर्यात गरी कुल १ लाख ९९ हजार २१७ युटिन कार बिक्री गरेको हो । जुन अघिल्लो वर्षको सोही महिनामा बिक्री भएको १ लाख ६७ हजार ५२० युनिटको तुलनामा १८.९२ प्रतिशतले बढी हो ।
भारतको सबैभन्दा ठूलो कार उत्पादक मारुती सुजुकीले अक्टोवरमा अल्टो र एसप्रेसो गरी कुल १४ हजार ५६८ युनिट मिनी कार बिक्री गरेको छ । जुन अघिल्लो वर्षको सोही अबधीमा बिक्री भएको २४ हजार ९३६ युनिटको तुलनामा ४१.५७ प्रतिशतले कम हो । एसयूभी सेग्मेन्टको माग बढेका कारण पछिल्लो समय भारतमा मिनी सेग्मेन्टको बिक्री कम हुँदै गएको छ । जसको सिधा असर मारुती सुजुकीलाई पनि परेको हो ।
यसैगरी, सबैभन्दा धेरै कम्प्याक्ट सेग्मेन्टका कार बलेनो, सेलेरियो, डिजायर, इग्निस, स्विफ्ट र वागन–आर लगायत मोडल बिक्री भएको छ । यी गाडी कुल ८० हजार ६६२ युनिट बिक्री भएको हो । जुन अघिल्लो वर्षको सोही अबधीमा बिक्री भएको ७३ हजार ६८५ युनिटको तुलनामा १०.८२ प्रतिशतले बढी हो ।
सुजुकीको बिक्रीमा सबैभन्दा बढी बृद्धिदर एसयूभी सेग्मेन्टमा देखिएको छ । यो सेग्मेन्टमा उपलब्ध ब्रेजा, इर्टिगा, फ्रङ्क्स, एक्सएल६, ग्रान्ड भिटारा, जिम्नी र इन्भिक्टो गरी कुल ५९ हजार १४७ युनिट बिक्री भएका हुन् । जुन अघिल्लो बर्षको सोही महिनामा बिक्री भएको ३० हजार ९७१ यूनिटको तुलनामा ९०.९७ प्रतिशतले बढी हो ।
मारुती सुजुकीले नयाँ माइक्रो एसयुभी ल्याउने तयारी थालेको छ । कम्पनीले...
काठमाडौं– चौथो पुस्ताको सुजुकी स्विफ्टलाई जापान एनक्यापले ४–स्टार...
काठमाडौं – नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...