सुजुकीको नयाँ क्रसओभर फ्रंक्स, यस्तो छ विशेषता

मारुती सुजुकीले भारतमा जारी अटो एक्सपो २०२३ मा नयाँ क्रसओभर फ्रंक्स सार्वजनिक गरेको छ । हालको वलेनो ह्याचव्याकलाई क्रसओभर डिजाइन दिएर तयार पारेको यो नयाँ एसयूभीको वुकिङ समेत खुल्ला गरिएको छ । यसको मूल्य भने हालसम्म सार्वजनिक गरिएको छैन ।

सुजुकीले यो नयाँ क्रसओभरलाई हर्टटेक्ट प्लेटफर्ममा निर्माण गरेको हो । जसको लम्वाई ३९९५ एमएम, चौडाई १६६५ एमएम र उचाई १५५० एमएम तथा ह्विलवेश २५२० एमएम रहेको छ । यसको फ्रन्ट फेसिया ग्रान्ड भिटराबाट प्रेरित रहेको देख्न सकिन्छ । जहाँ भिटराको जस्तै एलइडी डे टाइम रनिङ लाइट सहितको ठूलो ग्रिल जडान गरिएको छ ।

फ्रंक्सको इन्टेरियरलाई डुअल टोन कलरमा सजाइएको छ । यसमा ९ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, वायेरलेस चार्जिङ, ६ वटा एयरव्याग, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा र हेड्स अप डिस्प्ले सहित ४० भन्दा वढी कनेक्टेड कार फिचर दिइएको छ ।

यो नयाँ क्रसओभरलाई सुजुकीले दुई वटा इन्जिन अप्सनमा उतारेको छ । जसमध्ये एउटामा १.० लिटर टर्वो पेट्रोल इन्जिन र अर्कोमा १.२ लिटर पेट्रोल इन्जिन दिइएको छ । यसको टर्वो पेट्रोलले ९९ विएचपी पावर र १४७ एनम टर्क तथा पेट्रोल इन्जिनले ८९ एचपी पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ । यो ५ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

सनरुफ, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ र उत्कृष्ट फिचरले सुसज्जित भएर आउँदै छ ब्रेजा

सनरुफ, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ र उत्कृष्ट फिचरले सुसज्जित भएर आउँदै छ ब्रेजा

नेपाली बजारमा समेत लोकप्रिय मानिएको सुजुकीको भिटारा ब्रेजा अब थप फिचर...

सुजुकीका यी ४ वाइकमा १५ हजार नगद छुट, एक्सचेन्जमा १५ हजार अतिरिक्त मूल्यांकन

सुजुकीका यी ४ वाइकमा १५ हजार नगद छुट, एक्सचेन्जमा १५ हजार अतिरिक्त मूल्यांकन

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक भीजी...

सुजुकीको पहिलो इलेक्ट्रिक कार नेपालमा, नाडा अटो शो २०२५ मा प्रदर्शन हुने

सुजुकीको पहिलो इलेक्ट्रिक कार नेपालमा, नाडा अटो शो २०२५ मा प्रदर्शन हुने

काठमाडौं – सुजुकीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा आगामी भाद्र ३ देखि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...