बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
सुजुकीले सन् २०२१ का लागि आफ्नो मोटरसाइकल लाइनअप सार्वजनिक गरेको छ । त्यसमध्ये क्वाटर लिटर फुल्ली फेयर्ड स्पोर्टस्टर जीएसएक्स २५०आर एक हो ।
यद्यपि सुजुकीको सो बाइक एबीएस भेरिएन्टमा मात्र उपलब्ध हुनेछ । सुजुकीको सो नयाँ मोडलको बाइक दुई कलर पर्ल ग्लेसियर ह्वाइट र पर्ल नेबुलर ब्ल्याकमा उपलब्ध हुनेछ । सो नयाँ भर्सनको बाइकको मूल्य अमेरिकामा ४ हजार ९४९ डलर हुनेछ, जुन हाल उपलब्ध मोडल भन्दा ५० डलर बढी हो ।
जीएसएक्स २५०आर बाइकमा लिक्विडकुल्ड, एसओएचसी, प्यारालल ट्विन, २४८ सीसी इन्जिन छ, जसमा ६–स्पिड गियरबक्स छ । सुजुकीका अनुसार यसमा भएको मोटर सुधारिएको छ र नियन्त्रणमा सहजताका लागि कम तथा मध्यम रेन्जमा केन्द्रीत गरिएको छ ।
फिचरको कुरा गर्दा यो बाइकमा रिभर्स–लिट एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, केवाईबी सस्पेन्सन, फाइव–वे एड्जस्टेबल फ्रन्ट ब्रेक लिभर आदि छन् । यसमा १५ लिटरको इन्धन ट्यांकी छ भने तौल १८१ किलोग्राम छ । यसको सिटको उचाई ७९० एमएम छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...