पुरानो मोटरसाइकलसँग सुजुकी जिक्सर साट्दा थप ५० हजार मूल्यांकन हुने, आयो एक्सचेन्ज अफर

काठमाडौं - सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले एक्सचेन्ज अफर ल्याएको छ । यस अनुसार जुनसुकै ब्रान्ड, जुनसुकै मोडल र जुनसुकै वर्षको भए पनि पुरानो मोटरसाइकलसँग सुजुकी जिक्सर साट्न सकिने छ ।

यसरी साट्दा पुरानो मोटरसाइकलमा थप ५० हजार रुपैयाँ मूल्यांकन हुनेछ । यो मूल्यांकन बाइक कम्पनीहरुले यसरी दिने मूल्यांकनमा हाल सम्मकै सबैभन्दा बढी मूल्यांकन हो ।

सुजुकी जिक्सर नेपाली बजारमा सुजुकीको सबैभन्दा बढी रुचाइएको मोटरसाइकल हो । सुजुकी जिक्सर १५५ मा १५५ सीसीको सिंगल सिलिण्डर, एयर कुल्ड, फोर स्ट्रोक, एसओएचसी इन्जिन रहेको छ । उक्त इन्जिनले १५.६ पीएस पावर र १३.८ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड गियरबक्स छ ।

युरोपियन डिजाइन ट्रेन्डमा बनेको फ्युल इन्जेक्सन प्रविधियुक्त यो मोटरसाइकलमा एलईडी हेडल्याम्प र टेलल्याम्प, सिंगल च्यानल एबीएस सहित ड्युअल डिस्क ब्रेक, डिजिटल इस्ट्रयुमेन्ट क्लस्टर, अलोय ह्विल, ट्युबलेस टायर, लार्ज डायमिटर फ्रन्ट फोर्क र रियरमा मोनोसक सस्पेन्सन पाउन सकिन्छ ।

बाइकमा ५ वर्षको वारेन्टी पाउनुका साथै १२ फ्रि सर्भिसिङ उपलब्ध हुने बताइएको छ । यसको मूल्य ३ लाख ३५ हजार ९ सय रुपैयाँ तोकिएको छ । 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...