सुजुकीले ल्यायो ४ भाग्यमानी ग्राहकले पाउने होलिडे प्याकेज सहितको मनसुन फ्रि सर्भिस क्याम्प

काठमाडौं – नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले यहीे श्रावण २४ देखि २६ गतेसम्म मनसुन फ्रि सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ । मनसुनको सिजनमा हुने लगातार वर्षाले कुनै पनि सवारी साधनमा नकारात्मक प्रभाव पार्नसक्ने हुनाले यसमा ध्यान पु-याउनु अत्यन्त जरुरी भएको कम्पनीले जनाएको छ ।

सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र उनीहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुनलागेको कम्पनीले जनाएको छ। सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ४ जना भाग्यमानी ग्राहकले चितवनस्थित टाइगर ल्यान्ड सफारी रिसोर्टमा होलिडे प्याकेज पनि जित्न सक्ने छन् ।

सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी/हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउने छन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत छुट र लेवर चार्जमा २० प्रतिशत छुटका साथै एसेसरिज, स्पेयर पार्ट्स र इन्जिन आयलमा १० प्रतिशत छुट पाउने छन् ।

सुजुकीको मनसुन फ्रि सर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल भएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

मोटो जीपी रेसमा भाग नलिने सुजुकीको निर्णय, खस्कदो वित्तिय अबस्था प्रमुख कारण

मोटो जीपी रेसमा भाग नलिने सुजुकीको निर्णय, खस्कदो वित्तिय अबस्था प्रमुख कारण

जापनिज टु ह्विलर ब्रान्ड सुजुकीले मोटो जीपी रेसमा अवउप्रान्त कहिल्यै पनि...

मारुती सुजुकी फ्रोङ्क्सको निर्यात शुरु, नेपालमा पनि साउनभित्रै आउने

मारुती सुजुकी फ्रोङ्क्सको निर्यात शुरु, नेपालमा पनि साउनभित्रै आउने

भारतमा हालै लन्च गरिएको मारुती सुजुकीको कम्प्याक्ट एसयूभी फ्रोङ्क्सको...

गेम चेन्जर बन्यो फ्रङ्क्स एसयूभी, १० महिनामा १ लाख युनिट बिक्री

गेम चेन्जर बन्यो फ्रङ्क्स एसयूभी, १० महिनामा १ लाख युनिट बिक्री

जनवरी २०२३ मा लन्च गरिएको सुजुकीको माइक्रो एसयूभी फ्रङ्क्सले यात्रुवाहक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...