सुजुकीले स्विफ्टमा आधारित सानो एसयूभी ल्याउने
सुजुकीले स्विफ्ट ह्याचब्याक कारको नयाँ जेनेरेसन मोडल तयार गर्दैछ ।...
काठमाडौं – नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले यहीे श्रावण २४ देखि २६ गतेसम्म मनसुन फ्रि सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ । मनसुनको सिजनमा हुने लगातार वर्षाले कुनै पनि सवारी साधनमा नकारात्मक प्रभाव पार्नसक्ने हुनाले यसमा ध्यान पु-याउनु अत्यन्त जरुरी भएको कम्पनीले जनाएको छ ।
सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र उनीहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुनलागेको कम्पनीले जनाएको छ। सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ४ जना भाग्यमानी ग्राहकले चितवनस्थित टाइगर ल्यान्ड सफारी रिसोर्टमा होलिडे प्याकेज पनि जित्न सक्ने छन् ।
सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी/हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउने छन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत छुट र लेवर चार्जमा २० प्रतिशत छुटका साथै एसेसरिज, स्पेयर पार्ट्स र इन्जिन आयलमा १० प्रतिशत छुट पाउने छन् ।
सुजुकीको मनसुन फ्रि सर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल भएको कम्पनीको भनाइ छ ।
सुजुकीले स्विफ्ट ह्याचब्याक कारको नयाँ जेनेरेसन मोडल तयार गर्दैछ ।...
बजारमा साना एसयूभीको माग बढ्दै गएपछि अहिले सबैजसो उत्पादक कम्पनीहरुको...
जापनिज अटो निर्माता सुजुकीले उड्ने कारको विकास गर्न स्काई ड्राइभसंग...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...