गाडी बिग्रिएर समस्यामा परेका ग्राहकलाई सर्भिस दिन सुजुकीले ल्यायो ‘वर्कशप अन ह्विल’

सुजुकी गाडी प्रयोग गर्ने ग्राहकले अब घरमै सर्भिस भ्यान बोलाएर सेवा लिन सक्ने भएका छन् । मारुती सुजुकीको नेपालका लागी आधिकारिक बितरक सिजी मोटोकर्पले आफ्ना ग्राहकलाई लक्षित गरी शुरुवात गरेको ‘वर्कशप अन ह्विल’ क्याम्पेन अन्तर्गत ग्राहकले यस्तो सेवा लिन पाउने भएका हुन् ।

गाडी बिग्रिएर समस्यामा परेका ग्राहकलाई सेवा दिन ‘वर्कशप अन ह्विल’ उपयोगी हुने कम्पनीले बताएको छ । कम्पनी स्रोतका अनुसार यो सेवा यात्रा गर्दै गर्दा सडकमा गाडी बिग्रिएर समस्यामा परेका ग्राहकलाई समे उपलब्ध हुनेछ । सडक र घर दुबै स्थानमा ब्रेक डाउनको समस्याका कारण अफ्ठेरोमा परेका ग्राहकलाई छिटो छरितो र प्रभावकारी सेवा उपलब्ध गराउन यो क्याम्पेन फलदायी हुने बिश्वास लिइएको छ ।

जसअन्तर्गत कम्पनीले वर्कशपबाटै उपलब्ध हुने सरहको सेवा प्रादन गर्न ग्राहकको लोकेशनमा भ्यान र टेक्निसियन पठाएर ग्राहकलाई सेवा प्रदान गर्नेछ ।

तत्कालका लागि यो सेवा काठमाडौं, पोखरा, भैरहवा र नारायणघाटमा उपलब्ध हुने जनाइएको छ । सेवा लिन ग्राहकले कम्पनीको हटलाइन नम्बर ९८०१५७१५७१ मा सम्पर्क गर्नुपर्नेछ ।

सम्बन्धित समाचारहरू

सुजुकी कारमा बढ्यो वारेन्टि अवधी

सुजुकी कारमा बढ्यो वारेन्टि अवधी

मारुती सुजुकीले आफ्नो सबै कारमा वारेन्टि अवधी बढाएको छ । यसअघि २ वर्ष...

गसिप : अब बाइक होइन, हेलिकप्टर युगमा इन्गेजमेन्ट, गायिका इन्दिरा जोशीको इन्गेजमेन्ट चर्चा

गसिप : अब बाइक होइन, हेलिकप्टर युगमा इन्गेजमेन्ट, गायिका इन्दिरा जोशीको इन्गेजमेन्ट चर्चा

काठमाडौं – गायिका इन्दिरा जोशीले गरेको इन्गेजमेन्ट समाचारले आज बजार...

भारतमा सुजुकी स्विफ्टको बिक्री २५ लाख युनिट नाघ्यो

भारतमा सुजुकी स्विफ्टको बिक्री २५ लाख युनिट नाघ्यो

काठमाडौं – भारतमा सुजुकी स्विफ्टको बिक्री २५ लाख युनिट नाघेको छ । १६...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...