गाडी बिग्रिएर समस्यामा परेका ग्राहकलाई सर्भिस दिन सुजुकीले ल्यायो ‘वर्कशप अन ह्विल’

सुजुकी गाडी प्रयोग गर्ने ग्राहकले अब घरमै सर्भिस भ्यान बोलाएर सेवा लिन सक्ने भएका छन् । मारुती सुजुकीको नेपालका लागी आधिकारिक बितरक सिजी मोटोकर्पले आफ्ना ग्राहकलाई लक्षित गरी शुरुवात गरेको ‘वर्कशप अन ह्विल’ क्याम्पेन अन्तर्गत ग्राहकले यस्तो सेवा लिन पाउने भएका हुन् ।

गाडी बिग्रिएर समस्यामा परेका ग्राहकलाई सेवा दिन ‘वर्कशप अन ह्विल’ उपयोगी हुने कम्पनीले बताएको छ । कम्पनी स्रोतका अनुसार यो सेवा यात्रा गर्दै गर्दा सडकमा गाडी बिग्रिएर समस्यामा परेका ग्राहकलाई समे उपलब्ध हुनेछ । सडक र घर दुबै स्थानमा ब्रेक डाउनको समस्याका कारण अफ्ठेरोमा परेका ग्राहकलाई छिटो छरितो र प्रभावकारी सेवा उपलब्ध गराउन यो क्याम्पेन फलदायी हुने बिश्वास लिइएको छ ।

जसअन्तर्गत कम्पनीले वर्कशपबाटै उपलब्ध हुने सरहको सेवा प्रादन गर्न ग्राहकको लोकेशनमा भ्यान र टेक्निसियन पठाएर ग्राहकलाई सेवा प्रदान गर्नेछ ।

तत्कालका लागि यो सेवा काठमाडौं, पोखरा, भैरहवा र नारायणघाटमा उपलब्ध हुने जनाइएको छ । सेवा लिन ग्राहकले कम्पनीको हटलाइन नम्बर ९८०१५७१५७१ मा सम्पर्क गर्नुपर्नेछ ।

सम्बन्धित समाचारहरू

मारुती ई–भिटाराले सेफ्टी परीक्षणमा देखायो मजबुत प्रदर्शन, भारतमा ५ स्टार तर अष्ट्रेलियामा ४ स्टार

मारुती ई–भिटाराले सेफ्टी परीक्षणमा देखायो मजबुत प्रदर्शन, भारतमा ५ स्टार तर अष्ट्रेलियामा ४ स्टार

भारतमा निर्माण भएर विश्व बजारमा बिक्रीका लागि प्रस्तुत गरिएको सुजुकीको...

मारुती सुजुकीको वार्षिक उत्पादन २० लाख युनिट नाघ्यो, बन्यो नयाँ माइलस्टोन

मारुती सुजुकीको वार्षिक उत्पादन २० लाख युनिट नाघ्यो, बन्यो नयाँ माइलस्टोन

मारुती सुजुकीले आफ्नो इतिहासमा पहिलो पटक एक क्यालेन्डर वर्षमा २० लाख गाडी...

सुजुकी इर्टिगा र बलेनोमा अब ६ वटा एयरब्याग अनिवार्य, मूल्य १.४ प्रतिशतसम्मले वृद्धि

सुजुकी इर्टिगा र बलेनोमा अब ६ वटा एयरब्याग अनिवार्य, मूल्य १.४ प्रतिशतसम्मले वृद्धि

मारुती सुजुकीले आफ्नो लोकप्रिय कार ईर्टिगा र बलेनोको सबै भेरिएन्टमा ६ वटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...