सुजुकीले सार्वजनिक ग-यो नयाँ कटाना बाइक, यस्तो छ फिचर

इटालीको मिलानमा आयोजित ७८औँ अन्तर्राष्ट्रिय मोटरसाइकल तथा एसेसरिज प्रदर्शनीको अवसरमा सुजुकीले नयाँ २०२२ कटाना बाइक सार्वजनिक गरेको छ । नयाँ कटाना नयाँ रङमा पेश गरिएको छ । साथै यसको इन्जिन र टेक्नोलोजी नयाँ अपडेट गरिएको छ ।

इन्जिन र पावर
बाइकमा युरो ६ मापदण्डको ४ सिलिन्डर ९९८ सीसी इनलाइन इन्जिन जडान गरिएको छ । इन्जिनको अधिकतम आउटपुट सुधार गर्न यसलाई नयाँ क्यामसाफ्ट प्रोफाइल, नयाँ भल्भ स्प्रिङ्स, नयाँ क्लच, नयाँ एक्जस्ट सिस्टमको साथ अपडेट गरिएको छ । सो इन्जिनले अधिकतम १५२ एचपी पावर जेनेरेट गर्छ ।

तीन राइडिङ मोड
बाइकमा सुजुकी राइडिङ मोड सेलेक्टर सिस्टम रहेको छ, जुन तीन इन्जिन म्यापसँग सुसज्जित छ । तीन वटै मोडले समान पावर जेनेरेट गर्छ । मोड एले सब भन्दा छिटो र स्पोर्टी प्रतिक्रिया प्रदान गर्छ । मोड बीले सब भन्दा सहज सुरुआती पावर डेलिभरी प्रदान गर्छ र मोड सीले सजिलो रेस्पोन्स प्रदान गर्छ ।

नयाँ सुजुकी क्लच असिस्ट सिस्टम
नयाँ २०२२ कटाना बाइकमा नयाँ सुजुकी क्लच असिस्ट सिस्टम रहेको छ । जसमा स्लिपर क्लच छ जसले उच्च आरपीएमबाट डाउनसिफ्ट गर्दा इन्जिन ब्रेकिङको प्रभावलाई कम गर्छ । बाइकमा अतिरिक्त कन्ट्रोल र राम्रो प्रदर्शन गर्छ ।

सस्पेन्सन र ब्रेकिङ
नयाँ कटानामा हल्का डबल बीम आल्मुनियम फ्रेम र स्विङआर्म समावेश गरिएको छ । यसको प्रयोग जीएसएक्स–आरमा पनि गरिएको छ । बाइकमा फुल एड्जस्टेबल केवाईबी फ्रन्ट फोर्क र एड्जस्टेबल डम्पिङ शार्क उपलब्ध रहेको छ । बाइकमा ३१० एमएम फ्रन्ट डिस्कको लागि ब्रेम्बो मोनोब्लक क्यालिपर पनि उपलब्ध रहेको छ

रङको विकल्प
२०२२ कटाना पनि क्रिस्प, एंगुलर बडीवर्कको साथ नयाँ रंगमा उपलब्ध छ । यसको गाढा म्याट निलो रंगमा फिनिसिङ गरिएको छ । यो गोल्ड फक्र्स र ह्वीलको साथमा उपलब्ध छ । जबकि रातो ह्वीलको साथमा सोलिड आइरन ग्रेको विकल्प रहेको छ ।

सम्बन्धित समाचारहरू

भारतमा सुजुकी स्विफ्टको बिक्री २५ लाख युनिट नाघ्यो

भारतमा सुजुकी स्विफ्टको बिक्री २५ लाख युनिट नाघ्यो

काठमाडौं – भारतमा सुजुकी स्विफ्टको बिक्री २५ लाख युनिट नाघेको छ । १६...

यस्ता छन् नेपाल भित्रिएको सुजुकी भिक्टोरिसमा भएका आकर्षक विशेषताहरु

यस्ता छन् नेपाल भित्रिएको सुजुकी भिक्टोरिसमा भएका आकर्षक विशेषताहरु

नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले...

मारुती सुजुकी बन्यो विश्वको नवौं मूल्यवान कार निर्माता, पछि परे फोर्ड र फक्सवागन

मारुती सुजुकी बन्यो विश्वको नवौं मूल्यवान कार निर्माता, पछि परे फोर्ड र फक्सवागन

भारतको अग्रणी अटोमेकर मारुति सुजुकी, बजार मूल्याङ्कनमा भएको ठूलो वृद्धिका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...