तीन सय युनिटमात्र उत्पादन हुने सुजुकी जिम्नीको हेरिटेज एडिसन सार्वजनिक

सुजुकीले आफ्नो लोकप्रिय अफरोड एसयूभी जिम्नीलाई नयाँ एडिसनमा उतारेको छ । हेरिटेज एडिसन नामले आउन लागेको यो एसयूभीलाई कम्पनीले अष्ट्रेलियामा सार्वजनिक गरेको हो । यो एसयूभी जम्मा ३०० युनिटमा उत्पादन हुने जनाइएको छ ।

यसअघिको थ्री डोर जिम्नीमा कस्मेटिक अपडेट गरेर सार्वजनिक गरिएको यो नयाँ एडिसनमा मेकानिकल परिवर्तन भने गरिएको छैन । यसको साइड र रियर प्रोफाइलमा ओरेन्ज र रेड स्ट्रिप सहितको स्पेशल रेट्रो थिम ग्राफिक्स थप गरिएको छ ।

रेगुलर जिम्नीमा जस्तै यसमा पनि १.५ लिटर पेट्रोल इन्जिन जडान गरिएको छ । जसको पावर १०५ एचपी र टर्क १३४ एनएम रहेको छ । यो नयाँ एडिसन ५ स्पिड म्यानुअल गियरवक्समा मात्र उपलब्ध हुने सुजुकीले जनाएको छ । यसमा सुजुकीको ‘अल ग्रिप प्रो फोर ह्विल ड्राइभ’ सिस्टम दिइएको छ ।

रेगुलर जिम्नीमा जस्तै यसमा पनि एलइडी प्रोजेक्टर हेडल्याम्प, ७ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट, रिभर्स क्यामेरा, क्लाइमेट कन्ट्रोल र लेदर वेरिएको स्टेरिङ ह्विल लगायत फिचर उपलब्ध छ । यो स्पेशल एडिसन हालका लागी अस्ट्रेलियमा मात्र उपलब्ध हुने जनाइएको छ ।

सम्बन्धित समाचारहरू

टीभिएस एनटर्कमा सबैभन्दा छिटो यात्रा तय गरेर कायम भयो नयाँ रेकर्ड

टीभिएस एनटर्कमा सबैभन्दा छिटो यात्रा तय गरेर कायम भयो नयाँ रेकर्ड

एनटर्क स्कुटरमा कन्याकुमारीदेखी लेहसम्मको यात्रा मात्र १२६ घन्टा १४...

मानेसर प्लान्टबाट सुजुकीले उत्पादन गर्यो १ करोड यूनिट कार

मानेसर प्लान्टबाट सुजुकीले उत्पादन गर्यो १ करोड यूनिट कार

मारुती सुजुकीले आफ्नो मानेसर प्लान्टबाट १ करोड कार उत्पादन गरेको छ ।...

यी हुन् ४० लाख माथि मूल्य पर्ने प्रिमियम ह्याचब्याक, एसयूभीभन्दा पनि महंगो

यी हुन् ४० लाख माथि मूल्य पर्ने प्रिमियम ह्याचब्याक, एसयूभीभन्दा पनि महंगो

सामन्यतः ह्याचब्याकलाई कम मूल्य पर्ने कारका रुपमा लिने गरिन्छ । हुन पनि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...