सुजुकी फ्रोङ्क्स र जिम्नी नेपाल आउने : खुल्यो बुकिङ, साउन ८ गते मूल्य सार्वजनिक हुने

काठमाडौं – नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले दुई गाडी फ्रोङ्क्स र जिम्नीको बुकिङ खुला गरेको छ । यी दुवै गाडी नेपाली बजारमा रुचाइने अनुमान गरिएका गाडी हुन् ।

आगामी साउन ८ गते यी दुवै गाडीको मूल्य समेत सार्वजनिक गरिने कम्पनीको भनाइ छ । सम्भवतः साउन महिना भित्रै यी गाडी नेपाली बजारमा उपलब्ध हुनेछन् । त्यसपटि आगामी भदौ अन्तिममा आयोजना गरिने नाडा अटो शोमा यी गाडी आकर्षण बन्ने छन् ।

फ्रोङ्क्समा पहिलो १.२ लिटर ४ सिलिन्डर पेट्रोल इन्जिन छ, यसले ८९ बीएचपी पावर जेनेरेट गर्छ । सो इन्जिन ५ स्पिड म्यानुअल र एएमटी विकल्पमा उपलब्ध छ । अर्कोतर्फ १.० लिटर ३ सिलिन्डर टर्बो पेट्रोल इन्जिन छ, जसले ९९ बीएचपी पावर जेनेरेट गर्छ । सो इन्जिन ५ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक गियरबक्समा उपलब्ध छ ।

फ्रोङ्क्समा कम्पनीले अल एलईडी हेडल्याम्प, १६ इन्च ड्युअल टोन अलोय ह्विल, एलईडी टेललाइट, कन्ट्रास्ट कलर स्किड प्लेट र टप भेरिएन्टमा ड्युअल कलरको विकल्प दिएको छ ।

कारमा ६ एयर ब्याग, ३६० डिग्री क्यामेरा, एचयूडी, एप्पल कार प्ले र एन्ड्रोइड अटोलाई सपोर्ट गर्ने ९ इन्चको इन्फोटेनमेन्ट सिस्टम, क्रुज कन्ट्रोल, रियर एसी भेन्ट्स, वायरलेस चार्जर जस्ता फिचर पनि प्रदान गरिएको छ ।

मारुती सुजुकी जिम्नीमा के सिरिजको १.५ लिटर पेट्रोल इन्जिनको मात्र विकल्प दिइएको छ । सो इन्जिनले १०५ बीएचपीको पावर र १३४ एनएमको टर्क उत्पादन गर्छ । कारमा स्ट्यान्डर्ड फिचरको रूपमा फोर ह्विल दिइएको छ ।

जिम्नी ५ डोर एसयूभी हो । त्यसैले यसको पछाडिको सिटमा बस्न सजिलो हुन्छ । जिम्नीलाई अफरोडरका साथै पारिवारिक कारका रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

किन बढी बिक्री हुन्छ ह्याचब्याक कार ? यस्ता छन् ५ कारण

किन बढी बिक्री हुन्छ ह्याचब्याक कार ? यस्ता छन् ५ कारण

ह्याचब्याक कार सबैभन्दा लोकप्रिय कार मध्ये एक हो । ह्याचब्याक कारको...

सुजुकी र हुन्डाई गाडी किन्दा कुनमा बढी फाइदा ? यस्तो छ दशैं स्किम

सुजुकी र हुन्डाई गाडी किन्दा कुनमा बढी फाइदा ? यस्तो छ दशैं स्किम

काठमाडौं– नेपालीहरुको महान चाड दशैं नजिकिएसंगै अहिले विभिन्न...

७ सिटर प्रिमियम एसयूभी बजारमा उतार्ने तयारीमा मारुती सुजुकी

७ सिटर प्रिमियम एसयूभी बजारमा उतार्ने तयारीमा मारुती सुजुकी

मारुती सुजुकीले एक ७ सिटर प्रिमियम एसयूभी बजारमा उतार्ने तयारीका साथ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...