लन्च हुने अन्तिम तयारीमा हुन्डाईको नयाँ आयोनिक भी, आकर्षक मूल्यमै ६५० किमीसम्म रेन्ज
काठमाडौं–हुन्डाईले चिनियाँ बजारमा आफ्नो आयोनिक ब्रान्डको पहिलो मोडल...
सुजुकीले इलेक्ट्रिक सेगमेन्टमा सानो नयाँ मोडल स्काई भिजन विकास गरिरहेको छ। रिपोर्टका अनुसार कम्पनीले इलेक्ट्रिक गाडी विस्तार गर्ने योजनाअन्तर्गत सो नयाँ कारको परीक्षण सुरु गरेको छ । यद्यपि, कम्पनीले हालसम्म यस बारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।
रिपोर्टका अनुसार परीक्षणका क्रममा देखिएको गाडीको डिजाइन बक्सी शैलीको रहेको छ । सो गाडीको डिजाइन वागन आरसँग मिल्दोजुल्दो देखिन्छ। यद्यपि, परीक्षणमा गाडीलाई पूर्ण रूपमा ढाकिएकाले यसको डिजाइन स्पष्ट रूपमा देखिएको छैन। साथै यसमा प्रोजेक्टर हेडलाइट, एडास, रियर स्पोइलर, रियर वाइपर, डिफगर र एन्टेना जस्ता फिचर समावेश हुन सक्ने अनुमान गरिएको छ।
सुजुकीले सो इलेक्ट्रिक कार अर्को वर्ष लन्च गर्ने तयारी गरिरहेको छ। सुरुमा यसलाई जापान र केही युरोपेली देशमा बिक्रीका लागि उपलब्ध गराइनेछ भने त्यसपछि अन्य अन्तर्राष्ट्रिय बजारमा पनि विस्तार गर्ने योजना रहेको बताइएको छ।
स्काई भिजन इलेक्ट्रिक कार भारतीय बजारमा लन्च पछि सस्तो र सानो इलेक्ट्रिक कार खोज्ने ग्राहकका लागि यो आकर्षक विकल्प बन्न सक्ने अपेक्षा गरिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...