दुई दिनमै सोल्ड आउट भयो सुजुकी हायाबुसा

भारतमा लन्च भएको दुई दिनमै सुजुकीको सुपरबाइक २०२१ हायाबुसा सोल्ड आउट भएको छ । सुजुकीले भारतमा गत अप्रिल २६ का दिन लन्च भएको थियो ।

भारतमा पहिलो लटमा १०१ हायाबुसा आइपुगेका थिए । आगामी मे महिनाको मध्यदेखि यसको डेलिभरी प्रारम्भ गरिने र सबै युनिट डेलिभरी गर्न करिव दुई देखि तीन महिना लाग्ने अनुमान गरिएको छ ।

भारतमा सुजुकी हायाबुसा लोकप्रिय सुपरबाइक मानिन्छ । यसको आइकनिक आकार, ठूलो साइज र मुभी स्टारिङ स्टाटसका कारण धेरैको रोजाइमा परेको छ ।

यो सुपरबाइकमा इन्जिन पनि अपडेट गरिएको छ । यसमा १३४० सीसी, इनलाइन फोर सिलिन्डर, लिक्विडकुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले युरो ५ मापदण्डलाई पालना गरेको छ । सो इन्जिन राइड–बाई–वायर थ्रोटल सिस्टमयुक्त छ । त्यसैगरी यसमा अपडेट गरिएको इन्टेक र एक्जस्ट सिस्टम पनि छ । यी सबैका कारण लो तथा मिड रेन्जमा पावर र टर्क आउटपुट बढाउन सहयोग पुग्छ ।

नयाँ सुजुकी हायाबुसा २०२१ को मूल्य १६ लाख ४० हजार भारु तोकिएको छ, जुन पहिलेको मोडल भन्दा ३ लाख भारु महंगो हो ।

सम्बन्धित समाचारहरू

सुजुकीले सार्वजनिक ग-यो पहिलो ईभी ई-भिटारा, सुजुकी पर्वोत्सव अफर समेत सार्वजनिक

सुजुकीले सार्वजनिक ग-यो पहिलो ईभी ई-भिटारा, सुजुकी पर्वोत्सव अफर समेत सार्वजनिक

काठमाडौँ – नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी...

नयाँ प्रविधि र अल–ह्वील ड्राइभमा आउँदै सुजुकी फ्रंक्स

नयाँ प्रविधि र अल–ह्वील ड्राइभमा आउँदै सुजुकी फ्रंक्स

मारुती सुजुकीले आफ्नो लोकप्रिय सब कम्प्याक्ट एसयूभी फ्रंक्सको नयाँ...

सुजुकी एभेनिस नेपाल भित्रिदै, नेपाली प्रिमियम स्कुटर बजारमा रोल मोडल बन्ने अपेक्षा

सुजुकी एभेनिस नेपाल भित्रिदै, नेपाली प्रिमियम स्कुटर बजारमा रोल मोडल बन्ने अपेक्षा

काठमाडौं – नेपाली बजारमा सुजुकी एभेनिस स्कुटर भित्रिने भएको छ । नेपालमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...