सुजुकी ग्रान्ड भिटाराको खुल्यो बुकिङ, दुई भेरिएन्ट आउदै

काठमाडौं – नेपाली बजारमा केही दिनमै सुजुकी ग्रान्ड भिटारा उपलब्ध हुने भएको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले यसको बुकिङ खुलेको जानकारी दिएको छ ।

हाल सुजुकी ग्रान्ड भिटाराको जिटा र अल्फा भेरिएन्ट नेपाली बजारमा उपलब्ध हुने बताइएको छ । जिटा मिड भेरिएन्ट हो भने अल्फा टप भेरिएन्ट हो । यी दुई भेरिएन्टको मूल्य औपचारिक रुपमा जानकारी नदिइए पनि क्रमशः ८५ लाख र ९० लाखको हाराहारी हुने अनुमान गरिएको छ ।

ग्राहकले हाल बुकिङका लागि ५० हजार रुपैयाँ बुझाउनु पर्नेछ । गाडी लन्चिङको समयमा सार्वजनिक गरिने सुरुवाती मूल्यमा हाल बुकिङ गरेका ग्राहकले करिब २ देखि ३ लाख रुपैयाँ छुट पाउने समेत डिलरहरुले बताइरहेका छन् ।

नयाँ ग्रान्ड भिटारामा माइल्ड हाइब्रिड टेक्नोलोजी भएको १४६२ सीसीको पेट्रोल इन्जिन छ । जसले ६००० आरपीएममा १०३ पीएसको पावर र ४४०० आरपीएममा १३६.८ एनएमको टर्क जेनेरेट गर्छ ।

मारुती सुजुकी ग्रान्ड भिटारा प्रसिद्ध ग्लोबल सी आर्किटेक्चरमा आधारित छ । यसमा लेयर्ड ड्यासबोर्ड, सेन्टर कन्सोल, एप्पल कारप्ले, एन्ड्रोइड अटो कनेक्टिभिटी सहितको ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ठूलो एमआईडी भएको सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा सिस्टम, हेड–अप डिस्प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, इलेक्ट्रिक सनरुफ, इन्जिन स्टार्ट/स्टप बटन, वायरलेस चार्जिङ डक, रियर एसी भेन्ट्स जस्ता फिचर उपलब्ध हुनेछ ।

यो गाडीमा सुजुकीको अलग्रिप सेलेक्ट नामक फोर ह्विल ड्राइभ टेक्नोलोजी उपलब्ध छ । यस अन्तर्गत अटो, स्पोर्ट, स्नो र लक गरी चार ड्राइभिङ मोड हुनेछ, जसको सहयोगले अफरोड र जस्तोसुकै सडकमा पनि यसलाई सहज तरिकाले चलाउन सकिन्छ ।

यसमा भएको इन्टेलिजेन्ट इलेक्ट्रिक हाइब्रिड सिस्टमका कारण फुल ट्यांकमा १ हजार २ सय किलोमिटर सम्मको माइलेज दिन्छ । यो भारतको सबैभन्दा बढी इन्धन किफायती एसयूभी भएको कम्पनीको दाबी छ । यसलाई इलेक्ट्रिक, हाइब्रिड र इन्जिन ड्राइभ गरी विभिन्न अप्सनमा ड्राइभ गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

एरिना लाइनअपको फ्ल्यागशिप मोडलका रुपमा आयो सुजुकी भिक्टोरिस, यस्तो छ विशेषता

एरिना लाइनअपको फ्ल्यागशिप मोडलका रुपमा आयो सुजुकी भिक्टोरिस, यस्तो छ विशेषता

मारुति सुजुकीले भिक्टोरिस नामक आफ्नो नयाँ मिडसाइज एसयूभी सार्वजनिक गरेको...

नयाँ हाइब्रिड पावरट्रेन विकास गर्दै मारुती सुजुकी, पहिलोपटक फ्रंक्समा प्रयोग हुने

नयाँ हाइब्रिड पावरट्रेन विकास गर्दै मारुती सुजुकी, पहिलोपटक फ्रंक्समा प्रयोग हुने

मारुती सुजुकीले आफ्नो छुट्टै हाइब्रिड प्रविधि विकास गर्ने भएको छ । नयाँ...

तपाईसँग पुरानो गाडी छ भने पर्वोत्सव अफरसहित यसरी लिन सकिन्छ सुजुकीको नयाँ भिटारा ब्रेजा

तपाईसँग पुरानो गाडी छ भने पर्वोत्सव अफरसहित यसरी लिन सकिन्छ सुजुकीको नयाँ भिटारा ब्रेजा

नेपाली बजारमा सर्बाधिक बिक्री हुने कारको नाम लिदा सुजुकीको भिटारा ब्रेजा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...