सुजुकी ग्रान्ड भिटाराको खुल्यो बुकिङ, दुई भेरिएन्ट आउदै

काठमाडौं – नेपाली बजारमा केही दिनमै सुजुकी ग्रान्ड भिटारा उपलब्ध हुने भएको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले यसको बुकिङ खुलेको जानकारी दिएको छ ।

हाल सुजुकी ग्रान्ड भिटाराको जिटा र अल्फा भेरिएन्ट नेपाली बजारमा उपलब्ध हुने बताइएको छ । जिटा मिड भेरिएन्ट हो भने अल्फा टप भेरिएन्ट हो । यी दुई भेरिएन्टको मूल्य औपचारिक रुपमा जानकारी नदिइए पनि क्रमशः ८५ लाख र ९० लाखको हाराहारी हुने अनुमान गरिएको छ ।

ग्राहकले हाल बुकिङका लागि ५० हजार रुपैयाँ बुझाउनु पर्नेछ । गाडी लन्चिङको समयमा सार्वजनिक गरिने सुरुवाती मूल्यमा हाल बुकिङ गरेका ग्राहकले करिब २ देखि ३ लाख रुपैयाँ छुट पाउने समेत डिलरहरुले बताइरहेका छन् ।

नयाँ ग्रान्ड भिटारामा माइल्ड हाइब्रिड टेक्नोलोजी भएको १४६२ सीसीको पेट्रोल इन्जिन छ । जसले ६००० आरपीएममा १०३ पीएसको पावर र ४४०० आरपीएममा १३६.८ एनएमको टर्क जेनेरेट गर्छ ।

मारुती सुजुकी ग्रान्ड भिटारा प्रसिद्ध ग्लोबल सी आर्किटेक्चरमा आधारित छ । यसमा लेयर्ड ड्यासबोर्ड, सेन्टर कन्सोल, एप्पल कारप्ले, एन्ड्रोइड अटो कनेक्टिभिटी सहितको ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ठूलो एमआईडी भएको सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा सिस्टम, हेड–अप डिस्प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, इलेक्ट्रिक सनरुफ, इन्जिन स्टार्ट/स्टप बटन, वायरलेस चार्जिङ डक, रियर एसी भेन्ट्स जस्ता फिचर उपलब्ध हुनेछ ।

यो गाडीमा सुजुकीको अलग्रिप सेलेक्ट नामक फोर ह्विल ड्राइभ टेक्नोलोजी उपलब्ध छ । यस अन्तर्गत अटो, स्पोर्ट, स्नो र लक गरी चार ड्राइभिङ मोड हुनेछ, जसको सहयोगले अफरोड र जस्तोसुकै सडकमा पनि यसलाई सहज तरिकाले चलाउन सकिन्छ ।

यसमा भएको इन्टेलिजेन्ट इलेक्ट्रिक हाइब्रिड सिस्टमका कारण फुल ट्यांकमा १ हजार २ सय किलोमिटर सम्मको माइलेज दिन्छ । यो भारतको सबैभन्दा बढी इन्धन किफायती एसयूभी भएको कम्पनीको दाबी छ । यसलाई इलेक्ट्रिक, हाइब्रिड र इन्जिन ड्राइभ गरी विभिन्न अप्सनमा ड्राइभ गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

अंग्रेजी नयाँ वर्ष २०२२ देखि नेपालमा समेत सुजुकी कारको मूल्य बढ्ने

अंग्रेजी नयाँ वर्ष २०२२ देखि नेपालमा समेत सुजुकी कारको मूल्य बढ्ने

काठमाडौं – नेपाली बजारमा उपलब्ध सुजुकी कारको मूल्य अंग्रेजी नयाँ वर्ष...

दुई भेरिएन्टमा आयो सुजुकी स्विफ्टको ब्लिट्ज एडिसन, यस्तो छ विशेषता

दुई भेरिएन्टमा आयो सुजुकी स्विफ्टको ब्लिट्ज एडिसन, यस्तो छ विशेषता

मारुती सुजुकीले आफ्नो लोकप्रिय ह्याचब्याक कार स्विफ्टलाई नयाँ एडिसनमा...

एसयूभी लक्षित मारुती सुजुकीको दशैं तिहार अफर, १ लाखसम्म नगद छुट र अन्य सुविधा

एसयूभी लक्षित मारुती सुजुकीको दशैं तिहार अफर, १ लाखसम्म नगद छुट र अन्य सुविधा

मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले दशैं तिहार अफर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...