मारुती सुजुकीको पहिलो इलेक्ट्रिक कार ‘ई भिटारा’ सेप्टेम्बर ३ मा लन्च हुँदै
मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ‘ई भिटारा’ सेप्टेम्बर ३ मा...
मारुती सुजुकी इन्डिया लिमिटेडले आगामी मिडसाइज एसयूभीको नाम ग्रान्ड भिटारा राखेको छ । यसको लागि बुकिङ पनि सुरु गरेको छ । मारुती सुजुकीको फाइभ सिटर एसयूभी ग्राण्ड भिटाराको बुकिङ प्रिमियम नेक्सा डिलरशिपमा ११ हजार भारुमा अनलाइन बुक गर्न सकिन्छ । सो एसयूभी जुलाई २०, २०२२ मा विश्वव्यापी रूपमा लन्च गरिने छ ।
नयाँ ग्रान्ड भिटारा हालसालै सार्वजनिक भएको टोयोटा अर्बन क्रुजर हाइराइडरसँग धेरै समानता छ । सो मिडसाइज एसयूभीले हुन्डाई क्रेटा, किया सेल्टोस, एमजी एस्टर, निसान किक्स, फक्सवागन टाइगुन र स्कोडा कुशाकसँग प्रतिस्पर्धा गर्नेछ ।
मारुती सुजुकी ग्रान्ड भिटारा प्रसिद्ध ग्लोबल सी आर्किटेक्चरमा आधारित छ । मारुती सुजुकीले ग्राण्ड भिटारा यही वर्षको चाडपर्वमा बिक्रीको लागि उपलब्ध हुनेछ ।
यसमा लेयर्ड ड्यासबोर्ड, सेन्टर कन्सोल, एप्पल कारप्ले, एन्ड्रोइड अटो कनेक्टिभिटी सहितको ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ठूलो एमआईडी भएको सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा सिस्टम, हेड–अप डिस्प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, इलेक्ट्रिक सनरुफ, इन्जिन स्टार्ट÷स्टप बटन, वायरलेस चार्जिङ डक, रियर एसी भेन्ट्स जस्ता फिचर उपलब्ध हुनेछ ।
नयाँ ग्रान्ड भिटारमा माइल्ड हाइब्रिड टेक्नोलोजी भएको १.५ लिटर ४ सिलिन्डर के१५सी डुअलजेट पेट्रोल इन्जिन छ । जसले ६००० आरपीएममा १०३ पीएसको पावर र ४४०० आरपीएममा १३५ एनएमको टर्क जेनेरेट गर्छ ।
यसको पावरट्रेनलाई ५ स्पिड म्यानुअल ट्रान्समिसन र प्याडल सिफ्टरसहितको ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक युनिटसँग जोडिएको छ । सो इन्जिन विकल्पको रुपमा २डब्ल्युडी र ४डब्ल्युडी कन्फिगरेसन उपलब्ध हुने अपेक्षा गरिएको छ ।
मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ‘ई भिटारा’ सेप्टेम्बर ३ मा...
काठमाडौं – नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी होल्डिङ्स...
मारुति सुजुकीले भिक्टोरिस नामक आफ्नो नयाँ मिडसाइज एसयूभी सार्वजनिक गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...