नेपाली शोरुममा सजियो माइल्ड हाइब्रिड प्रविधियुक्त सुजुकी ग्रान्ड भिटारा, यस्ता छन् विशेषता

काठमाडौं – सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ एसयूभी ग्रान्ड भिटारा भित्र्याएको छ । औपचारिक रुपमा लन्चिङ समयको जानकारी सार्वजनिक नभए पनि हाल सुजुकीको थापाथली र धोवीघाटस्थित शोरुममा सो गाडी राखिएको छ ।

केही दिन पहिले नै बुकिङ खुला गरिएको ग्रान्ड भिटारा नेपाली बजारमा दुई भेरिएन्ट जिटा र अल्फामा आउने बताइएको छ । अहिले भने अल्फा भेरिएन्ट शोरुममा उपलब्ध छ ।

ग्राहकले बुकिङ वापत ५० हजार रुपैयाँ बुझाउनु पर्ने र लन्चिङ भन्दा पहिले बुकिङ गर्ने ग्राहकले पर्याप्त रकम छुट पाउने कम्पनीको भनाइ छ । हाल शोरुमहरुले सालाखाला यसको मूल्य ८१ लाख रुपैयाँ हाराहारी हुने बताए पनि कम्पनीले औपचारिक रुपमा मूल्य सार्वजनिक गरेको छैन ।

हाल नयाँ ग्रान्ड भिटारामा माइल्ड हाइब्रिड टेक्नोलोजी भएको १४६२ सीसीको पेट्रोल इन्जिन छ । जसले ६००० आरपीएममा १०३ पीएसको पावर र ४४०० आरपीएममा १३६.८ एनएमको टर्क जेनेरेट गर्छ ।

ग्रान्ड भिटारा माइल्ड हाइब्रिड र फुल हाइब्रिड गरी दुई अप्सनमा उपलब्ध हुने भए पनि नेपालमा हाल माइल्ड हाइब्रिड प्रविधिको गाडी उपलब्ध हुने भएको हो । भविष्यमा भने फुल हाइब्रिड प्रविधियुक्त गाडी समेत भित्रिने कम्पनीको भनाइ छ ।

माइल्ड हाइब्रिड प्रविधिमा इन्जिनका साथै ड्युअल ब्याट्री सेटअप पनि हुन्छ । सो ब्याट्रीले शुरुमा इन्जिन चल्दा वा एक्सिलरेसन बढाउने बेलामा पिकअप लिन सहयोग गर्छ । यसका कारण गाडीको माइलेज बढाउन र प्रदूषण कम गर्न सहयोग गर्छ । ब्याट्री सेटअप भए पनि यसलाई छुट्टै ब्याट्रीबाट मात्रै चलाउन भने सकिदैन ।

फुल हाइब्रिडमा भने ईभी मोड समेत हुन्छ र यसका लागि डेडिकेटेड इलेक्ट्रिक ब्याट्री सेटअप हुन्छ । भविष्यमा यो गाडी पनि नेपाली बजारमा उपलब्ध हुनेछ ।

सुजुकी ग्रान्ड भिटारामा सुजुकी आफैले विकास गरेको अल ग्रिप सेलेक्ट नामक अत्याधुनिक फोर ह्विल ड्राइभ प्रविधि छ, जसको कारण अफरोड र जस्तोसुकै सडकमा पनि यसलाई सहज तरिकाले गुडाउन सकिन्छ । यसका आधारमा आफूलाई उपयुक्त अटो, स्पोर्ट, स्नो र लक गरी चार ड्राइभिङ मोडमा गाडीलाई चलाउन सकिन्छ ।

त्यसैगरी यसमा भएको इन्टेलिजेन्ट स्टार्ट/स्टप सिस्टमको सहयोगले गाडी नचलेको अवस्थामा अटोमेटिक रुपमा आइडल स्टेजमा बस्न सकिन्छ । यसले गर्दा इन्धन किफायतीपना बढ्न जान्छ । यसका कारण फुल ट्यांकमा १ हजार २ सय किलोमिटर सम्मको माइलेज दिन्छ । यो भारतको सबैभन्दा बढी इन्धन किफायती एसयूभी भएको कम्पनीको दाबी छ ।

मारुती सुजुकी ग्रान्ड भिटारा प्रसिद्ध ग्लोबल सी आर्किटेक्चरमा आधारित छ । यसमा लेयर्ड ड्यासबोर्ड, सेन्टर कन्सोल, एप्पल कारप्ले, एन्ड्रोइड अटो कनेक्टिभिटी सहितको ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ठूलो एमआईडी भएको सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा सिस्टम, हेड–अप डिस्प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, इलेक्ट्रिक सनरुफ, इन्जिन स्टार्ट/स्टप बटन, वायरलेस चार्जिङ डक, रियर एसी भेन्ट्स जस्ता फिचर उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

क्रसओभर र अफरोड सेग्मेन्टमा सुजुकीको इन्ट्री, कस्तो रहला नेपाली बजार

क्रसओभर र अफरोड सेग्मेन्टमा सुजुकीको इन्ट्री, कस्तो रहला नेपाली बजार

भारतको सवैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकीले पछिल्लो समय एकपछि...

सुजुकीले ल्यायो ४ भाग्यमानी ग्राहकले पाउने होलिडे प्याकेज सहितको मनसुन फ्रि सर्भिस क्याम्प

सुजुकीले ल्यायो ४ भाग्यमानी ग्राहकले पाउने होलिडे प्याकेज सहितको मनसुन फ्रि सर्भिस क्याम्प

काठमाडौं – नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी...

नयाँ ब्रेजा पुरानो ब्रेजा भन्दा कति फरक छ ?

नयाँ ब्रेजा पुरानो ब्रेजा भन्दा कति फरक छ ?

मारुती सुजुकीको नयाँ २०२२ ब्रेजा सब–४ मिटर कम्प्याक्ट एसयूभी सार्वजनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...