सुजुकीको पहिलो इलेक्ट्रिक स्कुटर ई-एक्सेसको बुकिङ सुरु, मूल्य र फिचर सार्वजनिक
सुजुकीकाे पहिलो इलेक्ट्रिक स्कुटर सुजुकी ई-एक्सेसको बुकिङ भारतमा औपचारिक...
काठमाडौं – सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सुजुकी जिक्सर १५५ मोटरसाइकलमा भारी छुट प्रदान गर्ने घोषणा गरेको छ । नेपाली बजारमा उपलब्ध सीमित स्टकका लागि सो मोटरसाइकल ५४ हजार रुपैयाँ छुटमा उपलब्ध हुने भएको हो ।
सन् २०२३ मोडलका सुजुकी जिक्सर १५५ मा यो अफर उपलब्ध हुने भएको हो । पहिले यसको मूल्य ३ लाख ८९ हजार ९ सय रुपैयाँ भएकोमा अब यसको मूल्य ३ लाख ३५ हजार ९ सय रुपैयाँ तोकिएको छ । यसरी एउटै मोटरसाइकलमा ५४ हजार रुपैयाँ छुट हुने भएको हो ।
सुजुकी जिक्सर १५५ मा १५५ सीसीको सिंगल सिलिण्डर, एयर कुल्ड, फोर स्ट्रोक, एसओएचसी इन्जिन रहेको छ । उक्त इन्जिनले १५.६ पीएस पावर र १३.८ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड गियरबक्स छ ।
युरोपियन डिजाइन ट्रेन्डमा बनेको फ्युल इन्जेक्सन प्रविधियुक्त यो मोटरसाइकलमा एलईडी हेडल्याम्प र टेलल्याम्प, सिंगल च्यानल एबीएस सहित ड्युअल डिस्क ब्रेक, डिजिटल इस्ट्रयुमेन्ट क्लस्टर, अलोय ह्विल, ट्युबलेस टायर, लार्ज डायमिटर फ्रन्ट फोर्क र रियरमा मोनोसक सस्पेन्सन पाउन सकिन्छ ।
बाइकमा ५ वर्षको वारेन्टी पाउनुका साथै १२ फ्रि सर्भिसिङ उपलब्ध हुने बताइएको छ ।
सुजुकीकाे पहिलो इलेक्ट्रिक स्कुटर सुजुकी ई-एक्सेसको बुकिङ भारतमा औपचारिक...
काठमाडौं– सुजुकी मोटरसाइल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक भीजी...
मारुती सुजुकीले नयाँ ७ सिटर एमपीभी बजारमा ल्याउने भएको छ । रिपोर्टका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...