५ मोडलका रिभोल्ट इलेक्ट्रिक मोटरसाइकल नेपाल भित्र्याउँदै दुगड ग्रुप, यस्तो हुनेछ फिचर
काठमाडौ. – नेपाली बजारमा नयाँ इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्ट...
सुजुकीको पहिलो इलेक्ट्रिक कार पोल्यान्डमा परिक्षण हुँदै गर्दा देखिएको छ । भारतमा यसै वर्ष आयोजना भएको अटो एक्स्पोमा यसको कन्सेप्टलाई प्रदर्शनीमा राखिएपछि सो कार छिट्टै बजारमा आउने तयारी भइरहेको अनुमान गरिएको थियो । सुजुकीले यसलाई इभीएक्स नामले बजारमा ल्याउने भएको हो ।
टोयोटासंगको सहकार्यमा आउन लागेको सो नयाँ इलेक्ट्रिक कारलाई कम्पनीले सन् २०२५ मा बिक्रीका लागी उपलब्ध गराइसक्ने उद्घोष गरेको थियो । सो कार बजारमा आउँदा हुन्डाईको क्रेटा इभी पनि तयार भइसक्ने हुँदा यी दुई एसयूभीलाई एकआपसका प्रतिस्पर्धी मोडल मान्न थालिएको छ । सुजुकीले यसलाई भारतमा उत्पादन गरेर विश्वबजारमा निर्यात गर्ने योजना बनाएकोमा पोल्यान्डस्थित टोयोटाको प्लान्टमा यसको पहिलो उत्पादन भएको हुनसक्ने आँकलन गरिएको छ ।
प्रोडक्सन स्पेक अनुसार सो कार ४.३ मिटर लामो हुनेछ भने ह्विलवेश २७०० एमएम रहनेछ । गाडीको अधिकांश भाग छोपेर परिक्षण गरिएका कारण विस्तृत विवरणहरु भने वाहिर आइसकेको छैन । तथापी सो नयाँ कारको इन्टेरियरमा महिन्द्रा एक्सयूभी ७०० को जस्तै ट्विन स्क्रिन सेटअप रहने अनुमान गरिएको छ । कारमा फ्लोटिङ सेन्ट्रल कन्सोल र युनिक टु स्पोक डिजाइनको स्टेरिङ ह्विल रहनेछ ।
सो नयाँ कार ४०० किलोमिटर रेन्ज दिने ४८ किलोवाट आवर र ५५० किलोमिटर रेन्ज प्रदान गर्ने ६४ किलोवाट आवरको व्याट्री प्याक अप्सनमा उपलब्ध हुनसक्ने अनुमान गरिएको छ ।
काठमाडौ. – नेपाली बजारमा नयाँ इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्ट...
काठमाडौं – नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले ११...
चिनियाँ सवारी साधन निर्माता कम्पनीले सेरेसले नयाँ ब्रान्ड एइटोको नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...