सुजुकीले वन्द गर्यो इन्ट्रयुडरको उत्पादन

जापनिज टु ह्विलर निर्माता सुजुकीले आफ्नो सेग्मेन्टकै पहिलो क्रुजर वाइक इन्ट्रयुडरको उत्पादन बन्द गरेको छ । सन् २०१७ मा पहिलोपटक लन्च गरिएको यो वाइकलाई कम्पनीले एकवर्षपछि फ्युल इन्जेक्सन सिस्टम राखेर अपडेट गरेको थियो । सन् २०२० मा विएस६ भर्सन लन्च भएसंगै यो वाइकको मूल्य बृद्धि भएको थियो ।

मूल्य वृद्धि भएपछि यो वाइकको विक्री नराम्रोसंग प्रभावित बनेको र अन्तत यसको उत्पादन नै वन्द गर्ने निर्णयमा कम्पनी पुगेको हो । यो वाइकले बजाज एभेन्जरसंग प्रतिस्पर्धा गर्ने ठानिए पनि त्यसो हुन सकिरहेको थिएन । इन्ट्रयुडर वन्द भएपछि क्रुजर सेग्मेन्टमा एभेन्जरले एकछत्र बजार लिने आँकलन गरिएको छ ।

इन्ट्रयुडर नेपाली बजारमा पनि उपलब्ध रहँदै आएको छ । भारतमा जस्तै यसलाई नेपाली राइडरले पनि खासै रुचाएका छैनन् । सजुकी जिक्सरको प्लेटफर्ममा उत्पादन गरिएको यो वाइकमा कम्पनीले सुधार गरिएको इन्जिन जडान गरेको थियो । यो वाइकको डिजाइन समेत पृथक खालको छ । जसलाई ग्राहकले नरुचाउँदा अन्तत वन्द नै हुनुपर्यो ।

सम्बन्धित समाचारहरू

औपचारिक रुपमा बीएस६ सुजुकी एक्सेस १२५ स्कुटर नेपाली बजारमा

औपचारिक रुपमा बीएस६ सुजुकी एक्सेस १२५ स्कुटर नेपाली बजारमा

काठमाडौं – सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता...

नयाँ र पुरानो बोलेनोमा यस्तो छ भिन्नता

नयाँ र पुरानो बोलेनोमा यस्तो छ भिन्नता

मारुती सुजुकीको प्रिमियम ह्याचब्याक बोलेनो नयाँ अबतार सहित बजारमा आउने...

माइलेज बढाउन मारुती सुजुकी अल्टोको तौल १०० किलो घटाइदै

माइलेज बढाउन मारुती सुजुकी अल्टोको तौल १०० किलो घटाइदै

मारुती सुजुकीले आफ्नो सबैभन्दा सानो र सस्तो ह्याचब्याक अल्टोलाई थप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...