दुई नयाँ कलर भेरिएन्ट सहित सुजुकी भी–स्ट्रोम एसएक्स नेपालमा सार्वजनिक
काठमाडौं – नेपालका लागि सुजुकी मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक भीजी...
सुजुकीले पनि इलेक्ट्रिक स्कुटरमा ध्यान केन्द्रित भइरहेको छ । सुजुकीले भारतीय बजारमा नयाँ इलेक्ट्रिक स्कुटर ल्याउने तयारी गरिरहेको छ । सुजुकी पनि इलेक्ट्रिक स्कुटरमा सबैभन्दा बढी ध्यान केन्द्रित गर्ने ब्रान्डहरू मध्ये एक हो ।
सुजुकीको आगामी इलेक्ट्रिक स्कुटर हालै परीक्षणको क्रममा देखिएको छ । रिपोर्टका अनुसार यो इलेक्ट्रिक स्कुटर वर्गम्यान १२५ को इलेक्ट्रिक भर्सन हुनेछ । वर्गम्यान १२५ स्कुटर सुजुकीको उत्कृष्ट उत्पादन मध्ये एक हो ।
सो इलेक्ट्रिक स्कुटर ड्युअल टोन कलर स्किममा लन्च गरिने छ । परीक्षणमा सो स्कुटर नीलो र सेतो रङमा देखिएको छ । यसमा फुटबोर्डको वरिपरि ग्रे स्लिभ, पछाडि ट्विन सक एब्जर्बर र लिथियम–आयोन ब्याट्री प्याक हुने अपेक्षा गरिएको छ ।
सो ई–स्कुटरको बाहिरी भाग बर्गम्यान स्ट्रिट जस्तै देखिन्छ । सो इलेक्ट्रिक स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी, टर्न–बाई–टर्न नेभिगेसन, युएसबी चार्जर, फुल–एलईडी हेडलाइट र ठूलो सिट स्टोरेज सहितको अपडेटेड डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर जस्ता फिचर हुने अपेक्षा गरिएको छ ।
कम्पनीले यसको पावरट्रेन र अन्य प्राविधिक विवरणहरू खुलासा गरेको छैन, तर बर्गम्यानको इलेक्ट्रिक स्कुटरमा ३–४ केडब्ल्युएच ब्याट्री प्याक र ४–६ केडब्ल्युएच इलेक्ट्रिक मोटर जडान गरिनेछ, जसले एक पटक चार्ज गर्दा करिब ८० देखि ९० किलोमिटरको रेन्ज दिन सक्छ ।
कम्पनीले सो स्कुटरको लन्च मिति पुष्टि गरेको छैन । लन्च गरेपछि यो स्कुटरले बजाज चेतक ईभी, टीभीएस आइक्युब र एथर ४५० एक्ससँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं – नेपालका लागि सुजुकी मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक भीजी...
मारुती सुजुकीको नयाँ क्रसओभर कार फ्रोङ्क्स लन्च हुनुभन्दा अघि नै ७...
नेपाली बजारमा समेत लोकप्रिय सुजुकीको भिटारा ब्रेजा नयाँ डिजाइन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...