नाडा अटो शो २०२५ मा लन्च हुँदै सुजुकी ई–भिटारा, पहिलो तस्बिर र विवरण सार्वजनिक

काठमाडौं – सुजुकीको पहिलो इलेक्ट्रिक कार ई–भिटाराको स्निक पिक सार्वजनिक भएको छ । नेपालका लागि सुजुकीको आधिकारिक वितरक सीजी मोटोकर्पले सुजुकी ई–भिटाराको झलक प्रस्तुत गरेको छ ।

सो अवसरमा सीजी होल्डिङ्सका म्यानेजिङ डाइरेक्टर करण चौधरीले सुजुकी पनि अब ईभी रेसमा लागेको र सबैका लागि पहुँचयोग्य सवारी उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई नेपालमा समेत लागु गर्ने बताए ।

सीजी मोटोकर्पका बिजनेस हेड सिरज पन्तले ई–भिटाराको प्राविधिक पक्ष वारेमा जानकारी प्रस्तुत गर्दै हार्टेक्ट ई–प्लेटफर्ममा निर्मित सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभीले अन्य गाडी जस्तै नेपाली ग्राहकको पनि मन जित्ने अपेक्षा गरे ।

सुजुकी ई–भिटारा इलेक्ट्रिक एसयूभी आगामी भाद्र ३ देखि प्रारम्भ हुने नाडा अटो शो २०२५ मा औपचारिक रुपमा सार्वजनिक गरिने छ । यद्यपि यसको औपचारिक बिक्रीका लागि भने केही समय पर्खिनु पर्नेछ ।

नाडा अटो शोकै सन्दर्भमा यसको बुकिङ प्रारम्भ गरिने कम्पनी स्रोतको भनाइ छ । आगामी सेप्टेम्बर ३ मा भारतमा यो गाडी लन्च गर्ने तयारी छ । यससँगै नेपालमा समेत यो गाडी लन्च हुन सक्ने कम्पनीको भनाइ छ । यस अनुसार आगामी असोज महिनामै नेपाली बजारमा पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ । यसको मूल्य समेत पछि नै सार्वजनिक हुनेछ ।

भारतमा सुरुमा यसलाई २०२५ को सुरुवातमा लन्च गर्ने योजना बनाइएको थियो, तर कम्पनीले यस वर्षको सेप्टेम्बरमै लन्च गर्ने निर्णय गर्दै मिडिया हाउसलाई ‘ब्लक योर डेट’ निमन्त्रणा पठाइसकेको छ। यसअघि यस कारलाई कम्पनीले गत जनवरीमा सम्पन्न अटो एक्सपोमा पहिलो पटक सार्वजनिक गरेको थियो।

सुजुकीको सो नयाँ ईभी दुई ब्याट्री विकल्पमा उपलब्ध छ। ४९ किलोवाट आवरले ४०० किलोमिटर रेन्ज र ६१ किलोवाट आवर क्षमताको ५०० भन्दा बढी रेन्ज प्रदान गर्ने दाबी गरिएको छ। दुवै भेरिएन्टले १८९ एनएम टर्क जेनेरेट गर्छन्। १८५ एमएम ग्राउन्ड क्लियरेन्स भएको ईभीको लम्बाइ ४२७५ एमएम, चौडाइ १८०० एमएम र उचाई १६४० एमएम छ।

‘इमोसनल भर्सटाइल क्रुजर’ डिजाइन कन्सेप्टमा बनेको सुजुकी ई–घिटारामा २,७०० एमएम लामो ह्विलबेस र ५.२ मिटर टर्निङ रेडियस छ । ई– भिटाराको इन्टेरियरमा अत्याधुनिक फिचर समावेश गरिएको छ। यसमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र १०.१ इन्चको फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर छ। अगाडिका सिटहरू भेन्टिलेटेड छन् भने चालकका लागि १०–वे इलेक्ट्रिकली एडजस्टेबल ड्राइभर सिट उपलब्ध छ।

सेफ्टीका लागि यसमा लेभल २ एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध छ । यस अन्तर्गत एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट, एडेप्टिभ हाई बिम सिस्टम, ब्लाइन्ड स्पट मोनिटरिङ लगायतका फिचर रहेका छन् । यसका साथै यसमा ७ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, अगाडि र पछाडि पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा लगायतका थुप्रै सेफ्टी फिचर उपलब्ध छन् ।

नेपालमा अहिले शोकेसका लागि ल्याइएको ई–भिटारामा १०७ किलोवाट मोटर रहेको छ। सुजुकीको नयाँ ईभी टेक्नोलोजी र विशेषताले भरिपूर्ण ई–भिटारामा अगाडि र पछाडि नै एलईडी हेडल्याम्प सहितको थ्री–पोइन्ट म्याट्रिक्स एलईडी डीआरएल रहेको छ । ड्युअल टोन एपियरेन्स, फ्युचरिस्टिक फ्रन्ट फेसिया, स्कल्पटेड थ्रीडी एपियरेन्स र आर१८ एरोडाइनामिक ह्विल्स आदि यसको एक्सटेरियरका आकर्षण हुन् ।

ई–भिटाराको इन्टेरियरमा फ्लोटिङ ड्युअल स्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, टु स्पोक फ्ल्याट बटम स्टेयरिङ ह्विल, प्यानारोमिक सनरुफ, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, हिल डिसेन्ट कन्ट्रोल, हिटेड ओआरभीएम, वायरलेस चार्जरलगायत विशेषता रहेका छन्।

सम्बन्धित समाचारहरू

फरक स्टेयरिङको सेल्फ ड्राइभिङ कार आउने, २०२३ सम्ममा लन्च हुने सम्भावना

फरक स्टेयरिङको सेल्फ ड्राइभिङ कार आउने, २०२३ सम्ममा लन्च हुने सम्भावना

स्टेयरिङ ह्विल भविष्यका कारमा वैकल्पिक सहायक हुन सक्छ । जसले गर्दा कारलाई...

फ्युचरिकम ट्रकले बनायो वर्ल्ड रेकर्ड, सिंगल चार्जमा १०९९ किमीको रेन्ज प्रदान

फ्युचरिकम ट्रकले बनायो वर्ल्ड रेकर्ड, सिंगल चार्जमा १०९९ किमीको रेन्ज प्रदान

जर्मन डेलिभरी कम्पनी ‘डीपीडी’ को इलेक्ट्रिक ट्रक फ्युचरिकमले फुल चार्जमा...

७ वटा मोडलका नयाँ ईभी तयार पार्दै जीकर, २०२६ सम्म बजारमा आइसक्ने

७ वटा मोडलका नयाँ ईभी तयार पार्दै जीकर, २०२६ सम्म बजारमा आइसक्ने

चिनियाँ ईभी ब्राण्ड जीकरले सन् २०२६ सम्ममा थप ७ वटा मोडलका नयाँ ईभी लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...