सुजुकीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा सार्वजनिक, ५०० किमी रेन्जका साथ एडास २ लगायतका फिचर

मारुती सुजुकीले कम्पनीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा भारत ग्लोबल मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरेको छ । दुई ब्याट्री प्याक ४९ किलोवाट र ६१ किलोवाट आवर अप्सनमा उपलब्ध हुने सो कारले एक पटकको फुल चार्जमा ५०० किलोमिटर भन्दा धेरै रेन्ज दिने दावी गरिएको छ ।

सो ईभीको उत्पादन आगामी फेब्रुअरी महिना देखि सुरु हुनेछ भने जुन सम्म भारत लगायत युरोप र जापान लगायतका देशमा बिक्री सुुरु हुनेछ । नेपालमा पनि त्यही समय पश्चात उपलब्ध हुने अनुमान गरिएको छ ।

यी दुई मोडलको मूल्य क्रमशः २० लाख र २५ लाख भारु तोकिएको छ । यसको अलग्रिप अल ह्विल ड्राइभ भर्सनको मूल्य ३० लाख भारु हुने सम्भावना छ ।

सुजुकीले पहिलो पटक गत वर्षको अक्टोबरमा इटालीको मिलानमा सम्पन्न ईआईसीएमए २०२४ मार्फत ग्लोबल मार्केटमा सो ईभी सार्वजनिक गरेको थियो । कम्पनीले पहिले अटो एक्सपो २०२३ मा सार्वजनिक गरेको ईभीएक्स कन्सेप्टको यो प्रोडक्सन भर्सन हो ।

सुजुकी ई–भिटारालाई नयाँ हार्टेक्ट–ई प्लेटफर्ममा विकास गरिएको हो । सुजुकीले टोयोटासँगको सहकार्यमा यसको विकास गरेको हो ।

यसको फ्रन्टमा पातलो एलईडी हेडलाइट र वाई आकारको एलईडी डीआरएल र स्टाइलिस बम्परका साथ इन्टिग्रेटेड फगलाइट छ । बडी क्लेडिङ र १९ इन्च ब्ल्याक ह्विलका साथ सो मिडसाइज एसयूभी साइडबाट हेर्दा निकै नै मस्कुलर देखिन्छ । इलेक्ट्रिक सनरुफ र कनेक्टेड एलईडी टेललाइट लगायतका फिचर छन् ।

१८० एमएम ग्राउन्ड क्लियरेन्स भएको सो ईभीको इन्टेरियरमा टु स्पोक फ्ल्याट बटम स्टेयरिङ ह्विल र भर्टिकल ओरिएन्टेड एसी भेन्ट्सको चारैतिर क्रोमटच दिइएको छ । क्याबिनमा इन्टिग्रेटेड फ्लोटिङ स्क्रिन सेटअप छ, जसमा इन्फोटेनमेन्ट र ड्राइभर डिस्प्ले छ ।

सो गाडीको फिचरको वारेमा कम्पनीले आधिकारिक जानकारी नदिए पनि यसमा अटोमेटिक एसी, भेन्टिलेटेड फ्रन्ट सिट र वायरलेस फोन चार्जर लगायतका फिचर हुनेछन् ।

सुरक्षाका लागि यसमा ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, इलेक्ट्रोनिक पार्किङ ब्रेक र लेभल २ एडास जस्ता सेफ्टी फिचर छन् ।

सुजुकी ई–भिटाराको प्रतिस्पर्धा एमजी जेडएस ईभी, टाटा कर्भ ईभी, हुन्डाई क्रेटा ईभी र महिन्द्रा बीई६ जस्ता ईभीसँग हुनेछ ।

सम्बन्धित समाचारहरू

एमजी ईभी किन्ने ग्राहकलाई एनआईएमबीले ८० प्रतिशत फाइनान्स सुविधा दिने

एमजी ईभी किन्ने ग्राहकलाई एनआईएमबीले ८० प्रतिशत फाइनान्स सुविधा दिने

काठमाडौं – एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...

आजदेखी ३ दिनसम्म सुजुकी गाडीको मनसुन क्याम्प

आजदेखी ३ दिनसम्म सुजुकी गाडीको मनसुन क्याम्प

सुजुकी गाडीको मनसुन क्याम्प आजबाट शुरु भएको छ । नेपालका लागी आधिकारिक...

अब ३ प्रकारका ट्याक्सी प्रयोगमा आउने, साधारण भन्दा विशेष ट्याक्सीको भाडा दोब्बर बढी

अब ३ प्रकारका ट्याक्सी प्रयोगमा आउने, साधारण भन्दा विशेष ट्याक्सीको भाडा दोब्बर बढी

अब नेपाली सडकमा तीन प्रकारका ट्याक्सी सञ्चालन हुने भएका छन् । भौतिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...