२२ वर्ष पश्चात अब लोगो परिवर्तन गर्दै सुजुकी

सुजुकीले सन् २००३ पश्चात २२ वर्षपछि पहिलोपटक आफ्ना उत्पादनहरूमा प्रयोग हुने प्रतीक (एम्ब्लेम) वा लोगो पुनः डिजाइन गरेको छ। नयाँ लोगोले हालै सार्वजनिक गरिएको कम्पनीको नारा “बाई यार साइड” लाई प्रतिबिम्बित गर्दछ र सुजुकीले आफ्नो स्थापना कालदेखि निरन्तर अपनाउँदै आएको “ग्राहकमुखी दृष्टिकोण” तथा भविष्यका नयाँ सम्भावनाहरूलाई समेट्छ।

यो निरन्तर प्रतिबद्धतालाई झल्काउन सुजुकीको पहिचान बनेको क्लासिक “एस” लाई यथावत राखिएको छ, भने डिजिटल युगका लागि उपयुक्त फ्ल्याट डिजाइनमार्फत नयाँ सम्भावनाहरूको प्रतिनिधित्व गरिएको छ। साथै, परम्परागत क्रोम प्लेटिङलाई हटाई उच्च–चमक सिल्भर पेन्ट प्रयोग गरिएको छ, जसले वातावरणीय असर घटाउनुका साथै नयाँ युगतर्फको मोडलाई अभिव्यक्त गर्दछ।

नयाँ लोगो पहिलोपटक आगामी अक्टोबर ३० मा “जापान मोबिलिटी शो २०२५” मा सुजुकीका कन्सेप्ट मोडेलहरूसँगै सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ ।

आगामी दिनमा सुजुकीले ग्राहकको दृष्टिकोणलाई केन्द्रमा राख्दै, समयअनुसार लचिलो रूपमा प्रतिक्रिया दिँदै “मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको इन्फ्रास्ट्रक्चर मोबिलिटी” बन्ने लक्ष्य अघि सार्ने समेत बताएको छ।

अहिलेको डिजिटल युगमा लोगोहरू प्रायः साना स्क्रिनहरूमा प्रदर्शित हुने गरेकाले सुजुकीको यो शैली डिजिटल युगको लागि बढी उपयुक्त भएको विज्ञहरूले बताएका छन्। लोगोमा गरिएको यो परिवर्तन “बाइ योर साइड” नारा अन्तर्गत नयाँ पहिचानको अंश भएको कम्पनीले उल्लेख गरेको छ।

हालको डिजिटल युगमा लोगो प्रायः साना स्क्रिन र अनलाइन प्लेटफर्ममा प्रयोग हुने भएकाले, सुजुकीको नयाँ शैली डिजिटल उपयोगका लागि थप उपयुक्त छ।

पछिल्ला वर्षहरूमा फ्ल्याट डिजाइनले अटो उद्योगमा प्रभुत्व जमाउँदै आएको छ। टेस्लादेखि फक्सवागनसम्म, धेरै कम्पनीहरूले आफ्ना लोगोलाई सरल, डिजिटलमैत्री र आधुनिक बनाएका छन्। अब सुजुकी पनि यही यात्रामा सामेल भएको छ।

आजको दिनमा ब्रान्डको लोगो केवल कारको ग्रिल वा स्टेयरिङमा मात्र होइन, स्मार्टफोन, ट्याबलेट, वेबसाइट र एपहरूमा पनि देखिन्छ। विज्ञहरूले भन्न्छन् – “लोगो अब सबैभन्दा पहिले डिजिटल स्क्रिनमै भेटिन्छ।” यही वास्तविकतालाई ध्यानमा राख्दै सुजुकीले नयाँ लोगो तयार गरेको अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

स्विफ्टले उछिन्यो पन्चलाई, यस्तो छ भारतमा कार बिक्रीको नयाँ तथ्यांक

स्विफ्टले उछिन्यो पन्चलाई, यस्तो छ भारतमा कार बिक्रीको नयाँ तथ्यांक

भारतमा कारको बिक्री तथ्याङ्क सार्वजनिक गरिएको छ। यस पटक टाटा मोटर्सको...

सुजुकीको नयाँ र सस्तो एडभेन्चर बाइक आउदै

सुजुकीको नयाँ र सस्तो एडभेन्चर बाइक आउदै

सुजुकी टु ह्विलर्स इन्डियाले चाँडै भारतमा सस्तो एड्भेन्चर बाइक लन्च गर्न...

सुजुकीका दुई नयाँ एसयूभी नेपालमा सार्वजनिक, यस्तो छ सवै भेरिएन्टको मूल्य र फिचर

सुजुकीका दुई नयाँ एसयूभी नेपालमा सार्वजनिक, यस्तो छ सवै भेरिएन्टको मूल्य र फिचर

सुजुकीका दुई नयाँ एसयूभी ग्रान्ड भिटारा र नयाँ ब्रेजा औपचारिक रुपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...